च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पीएसजीलाई हरायो

  • झरना खबर
  • २०७८ बैशाख १६ गते १२:१९ बजे प्रकाशित

काठमाण्डौ : च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको  छ  ।

गएराति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीका लागि डी ब्रुइनले खेलको ६४ औं र रियाद महरेजले खेलको ७१ औं मिनेटमा गोल गरे । पीएसजीका मार्कुन्होसले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिए पनि त्यो जितका लागि पर्याप्त भएन ।  

खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुयेले रातो कार्ड पाए ।

सम्बन्धित समाचारहरू

Comments