चालू आर्थिक वर्षको आठ महिनामा बैंकहरुको कर्जा लगानी १७.२ प्रतिशतले वृद्धि

  • झरना खबर
  • २०७७ चैत्र ३१ गते १६:५५ बजे प्रकाशित

काठमाडौं : कोरोनापछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी उच्च देखिएको छ । कोभिड नियन्त्रणको लागि गत वर्षको चैतदेखि ४ महिना लामो लकडाउन खुकुलो भएसँगै चालु आर्थिक वर्ष लागेपछि भने बैंकहरुको कर्जा लगानी बढेको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १७ दशमलव २ प्रतिशतले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुको निक्षेप ११ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा कोभिड सुरु हुन अगाडि ८ महिनाको कर्जा विस्तार १० दशमलव एक प्रतिशत मात्रै रहेको थियो । राष्ट्र बैंकले चालु मौद्रिक नीति सार्वजनिक गर्दै यो आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा २१ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिए पनि ८ महिनामा नै १७ प्रतिशत माथिले विस्तार भएको छ ।

कोभिडपछिको अर्थतन्त्र पुनरुउत्थानको लागि राष्ट्र बैंकले दिएको सहुलियत, घटेको ब्याजदर तथा ठूला मात्रामा गएको पुनर्कर्जाले गर्दा कर्जा विस्तार उच्च भएको छ ।

सम्बन्धित समाचारहरू

Comments