१ दिने गणित बिषयको तालिम सम्पन्न,चैत्र २८ गते परीक्षा

  • झरना खबर
  • २०७७ चैत्र १ गते ०८:४८ बजे प्रकाशित

काठमाण्डौ : जोरपाटी स्थित एड्भान्स चामुण्डा इन्सिच्युटद्धारा आयोजित काठमाण्डौका पुर्वी भेगमा अवस्थित विद्यालयमा कक्षा १० को अनिवार्य गणित बिषय अध्यापन गराउने शिक्षकहरुका लागि १ दिने तालिम सम्पन्न भएको छ। तालिम नेपालका ख्यातीप्राप्त गणित बिषयका प्रशिक्षकहरु रमेश अवस्थी र बासुदेब दवाडीबाट निशुल्क रुपमा दिएको हो । तालिम तथा प्रशिक्षण शनिबार चाबहिलमा रहेको बिनायक सिद्ध कलेजको सभा हलमा दिउँसो २ बजेदेखि संचालन भएको थियो।उक्त तालिममा झण्डै ५० जना गणित बिषयका शिक्षकहरु   सहभागी भएका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत दिएको तालिम संचालक तथा  एड्भान्स चामुण्डा इन्सिच्युटका प्रोपाइटर दिपक रायमाझीले बताए ।

रायमाझीले बताए अनुसार एड्भान्स चामुण्डा ईन्स्टिच्युटले चैत्र २८ गते एस ईई दिने विद्यार्थीहरुमाझ गणित बिषयको प्रतियोगी परीक्षा समेत लिने भएको छ ।

सम्बन्धित समाचारहरू

Comments