गोकर्णेश्वरमा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको भव्य उद्घाटन-चौंतीस विद्यालयले जनाए सहभागीता
- झरना खबर
- २०८१ पौष १६ गते १०:४७ बजे प्रकाशित
.jpg)
काठमाण्डौं - '' स्वास्थ्यको लागि खेलकुद र गोकर्णेश्वरका लागि खेलाडी '' भन्ने मूल नाराका साथ गोकर्णेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा उद्घाटन भएको छ । नगरपालिकाको वडा नं २ नयाँपाटि स्थित बाल सुधार मा.विको प्राङ्गणमा प्रतियोगिताको भब्य रुपमा उद्घाटन गरिएको हो।गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा अर्थसमितिका सभापति माननीय सन्तोष चालिसेले प्रतियोगिताको उद्घाटन गरेका थिए।
गोकर्णेश्वर नगरपालिकाको युवा तथा खेलकुद उप-शाखा प्रमुख रामनारायण साहद्वारा सहजीकरण गरिएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्य लगायत विविध क्षेत्रमा लगानी गरि दिनप्रतिदिन प्रगती गर्दै सफलता हात पारेको बताएका छन् ।उनले अब खेलकुद क्षेत्रमा पनि उत्कृष्ट गर्दै आएका छौ भन्ने लागेको आज गरिएको मार्च पासबाट समेत प्रमाणित भएको जानकारी दिदै आगामी दिनमा गोकर्णेश्वर नगरपालिका मात्र नभई समग्र मुलुककै अग्रणी यो क्षेत्रलाई बनाउन सबैजना मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको बताए ।त्यसैगरी बिशेष अतिथि तथा पूर्वमन्त्री रामेश्वर फुयालले कीर्तिपुरको खेल मैदानमा एनपिएल खेल हेर्दै गरेको आभाष भएको बताउदै आधा महिला र आधा पुरुष सहभागी रहेको आजको प्रतियोगिता हेर्दा आन्दोलनबाट प्राप्त ब्यबस्था परिवर्तनले सार्थकता पाएकोमा खुशी र गर्व महसुस रहेको बताएका थिए ।
गोकर्णेश्वर खेलकुद समिति अध्यक्ष संजय लामाले खेलकुद खेल्दा अनुशासित भएर खेल्न अनुरोध गर्दै खेलाडीहरुले लगाएको जर्सी नसाट्न र जर्सी नम्बरकै आधारमा खेलको नतिजा जिल्ला प्रदेश हुदै केन्द्रमा जाने र त्यही आधारमा भविष्यको लेखाजोखा हुने जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको अत्यन्तै ठूलो महत्व रहेको बताउदै यस क्षेत्रमा लागेर भरपुर उपयोग लिएर अगाडि बढ्न अनुरोध गर्नुभएको थियो।त्यसैगरी कार्यक्रममा बोल्दै विशेष अतिथि एवम् नगर उप-प्रमुख सान्नानी लामाले ''स्वास्थ्यको लागि खेलकुद र नगरपालिकाका लागि खेलाडी भएको बताएकी छन् । लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी निर्माण गर्न नगरपालिकाले खेलकुदमा ठूलो लगानी गरेको बताएकी छिन् । खेलको महत्व बुझेर ३४ विधालयको सहभागीता रहेको बताउदै यसबाट छनोट भएका खेलाडीहरुलाई जिल्ला प्रदेश हुँदै केन्द्र सम्म पुर्याउन नगरपालिकाले पहल गर्ने समेत लामाले बताइन्।
कार्यक्रमको अन्त्यमा नगर प्रमुख दिपक कुमार रिसालले गोकर्णेश्वर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड मात्र नभई च्याम्पियनसीप खेल ल्याउदै गरेको बताउनु भयो।अब खेल क्षेत्रको बिकासका लागि खेलकुद प्रशिक्षक सहित गोकर्णेश्वर स्पोर्टस राखिने समेत जानकारी दिनुभएको छ। प्रत्येक विद्यार्थीले कुनै एक खेलमा अनिवार्य सहभागी हुनुपर्ने गरि आउँदो नीति तथा कार्यक्रमबाट लागू गरिने बताउदै नगरपालिकाका सबै वडामा खेलकुद सम्बन्धी भौतिक संरचना निर्माण भैसकेको हुँदा लागू गर्न सहज रहेको बताउनु भयो। कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्काले स्वागत गरेका थिए ।उक्त कार्यक्रममा नगर प्रमुख दिपक रिसाल, नगर उप-प्रमुख सान्नानी लामा लगायतको हातबाट सटफुट फाली औपचारिक रुपमा प्रतियोगिताको शुरु गरिएको थियो। राष्ट्रपति रनिङ सिल्डको पहिलो दिनमा भएका प्रतियोगिताहरु मध्य मार्च पासमा प्रथम लर्डस् लाईट एकेडेमी, द्वितीय टाइम लाइन स्कुल,तृतीय गोकर्ण माध्यामिक विद्यालय भएका छन।
त्यसैगरी एथलेटिक्स (लङ जम्प छात्र) तर्फ प्रथममा इष्टपोल माध्यमिक विद्यालयका पुरुषोत्तम कुमार चौधरी,द्वितीयमा चेल्सी वर्ल्ड स्कुलका सुगम शाह भएका छन् भने,तृतीय अरुणोदय माध्यमिक विद्यालयका रोशन तामाङ भएका छन ।त्यसैगरी (लङ जम्प छात्रा) तर्फ प्रथममा मनकामना माध्यमिक विद्यालयकी सेन्नी राई र द्वितीयमा चामुण्डा माध्यमिक विद्यालयका निशा लोप्चन भएका छन् भने,तृतीयमा अरुणोदय माध्यमिक विद्यालयकी कुसुम तामाङ भएकी छन् ।
सटपुट छात्र तर्फ प्रथम अन्जल तामाङ अरुणोदय माध्यमिक विद्यालय,द्वितीय वीर बहादुर बुढा मनकामना माध्यमिक विद्यालयका भएका छन् भने तृतीयमा बाल सुधार माध्यमिक विद्यालयका सुन बहादुर तामाङ भएका छन । त्यस्तै सटपुट छात्रा तर्फ प्रथम हिमा थापा मगर बाल सुधार माध्यमिक विद्यालय,द्वितीयमा सरस्वती राय चामुण्डा माध्यमिक विद्यालय र तृतीयमा किमा शेर्पा सहयोगी माध्यमिक विद्यालयका भएका छन।
प्रतियोगिता पौष १५ गते शुरु भई पौष २० गते समापन हुने भएको छ । रनिङ शिल्ड प्रतियोगितामा मार्च पास, उसु, तेक्वान्दो, कराते,एथलेटिक्स, कबड्डी,भलिबल लगायतका विविध खेल खेलाइने आयोजकले जानकारी दिएको छ।कार्यक्रममा बिशेष अतिथिहरूमा प्रतिनिधि सभा सदस्य माननीय सांसद शान्ती श्रेष्ठ, पूर्व मन्त्री रामेश्वर फुयाल, नगर उप प्रमुख सान्नानी लामा,प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्का,वडा अध्यक्षहरु मधु तामाङ,नवराज लामा,द्वारिका श्रेष्ठ,खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा,कार्यपालिका सदस्यहरू, वडा सदस्यहरु,प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहरा,नगर शिक्षा समिति सदस्य भवानी प्रसाद पौडेल लगाएत विभिन्न शाखाका कर्मचारीहरु, रेफ्रीहरु, प्रशिक्षकहरु, प्रतियोगिताका निर्णायक मन्डलहरु,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु,विभिन्न विधालयका प्रधानाध्यापक तथा अभिभावक तथा खेलाडी विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।
अन्तिम अपडेट : २०८१ पौष १६ गते १३:५७ बजे
Comments