संघीय सदनको बैठकमा आजबाट बजेटमाथिको छलफल सुरु

  • झरना खबर
  • २०८१ जेष्ठ २० गते ०९:०६ बजे प्रकाशित

काठमाडौं- संघीय संसदको दुबै सदनको बैठकमा आजदेखि आर्थिक बर्ष २०८१ ८२को बजेट माथिको छलफल सुरु हुँदैछ ।बैठक विहान ११ वजेको लागि बोलाइएको छ ।

सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ । प्रकाशित कार्यसूचिमा राजश्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्ने उल्लेख गरिएको छ । बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८१ ८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । लगतै राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल प्रारम्भ हुने छ । 

संबैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनको बैठकमा सरकारले आर्थिक बर्ष २०८१ ८२को राजस्व र व्ययको बार्षिक अनुमान बजेट प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ। आजदेखि सोही बजेट माथिको छलफल प्रारम्भ गर्न दुबै सदनको बैठक बोलाइएको हो ।

सम्बन्धित समाचारहरू

Comments