आज बाट काठमाडौंमा विद्यालय संञ्चालन

काठमाडौं : कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि भौतिक रुपमा संञ्चालनमा आएका छन्।

लामो समयदेखि अनलाइन कक्षामा पढ्दै आएका काठमाडौं उपत्यकाका विद्यार्थी आइतबारदेखि विद्यालयमै उपस्थित हुन थालेका छन् । कोरोना महामारीका कारण लामो समय बन्द भएका धेरै विद्यालयले असारबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । आइतबारदेखि विद्यालयमै भौतिक उपस्थितिमा पढाइ सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन्। कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन्।

अनलाइन कक्षामै खुम्चिएका विद्यार्थीहरु विद्यालय आउँदा खुशी देखिन्छन् । करिब १० महिनापछि विद्यालय आउँदा विद्यार्थी हर्षित छन् । अभिभावक पनि हर्षित नै भएर विद्यार्थी पठाइरहेका छन्, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले जानकारी गरायो । विद्यालय आलोपालो सिस्टममा पनि सञ्चालनमा आएका छन् ।

सम्बन्धित समाचारहरू

Comments