ट्रम्पको फेसबुक अकाउन्ट बन्द

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द भएको छ । हिंसासम्बन्धी स्टाटसका कारण उनको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको हो।

फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकका दुई नीति विपरित गएकाले अकाउन्ट बन्द गर्नुपरेको जनाएको छ। नीति विपरीत गएकाले २४ घण्टासम्म पोस्ट गर्न नपाउने फेसबुकले जनाएको छ।

ट्वीटरले पनि ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ। चुनाव सम्बन्धी ट्वीटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्वीटरले जनाएको छ। ट्वीटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्वीट हटाउनुपर्नेछ। यो ट्वीट हाम्रो नीति विपरीत रहेका छन्।’

ट्वीटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ। ट्वीटरले नागरिक अखण्डता वा हिंस्रक धम्की नीतिहरूसहित ट्वीटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्वीट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ।

राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ। गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ।

सम्बन्धित समाचारहरू

Comments