काठमाडौँको नयाँ बस्तीमा बोरा भित्र शव फेला , घटनास्थलमा पुग्यो बौद्ध प्रहरी

  • झरना खबर
  • २०७८ जेष्ठ २५ गते १०:३७ बजे प्रकाशित

काठमाडौँ । काठमाडौंको नयाँबस्तीमा बोरा भित्र पोको पारेर फालिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार बोरामा शव भेटिएको सूचनापछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बोरामा शव भेटिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो ।

एसपी बस्नेतले भने, ‘नयाँ बस्तीमा बोरा भित्र पोको पारेर राखेको अवस्थामा शव भेटिएको सूचना आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

हत्या गरेर शव फालेको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

सम्बन्धित समाचारहरू

Comments