विप्लवको क्रेज : राष्ट्रिय सभागृहको प्रांगणमा पनि भिड

  • झरना खबर
  • २०७७ फाल्गुण २१ गते १६:४६ बजे प्रकाशित

काठमाडौं – सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृह शुक्रबार खचाखच थियो ।

राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारण उपस्थित भएका थिए । लामो समय भूमिगत भएर सार्वजनिक भएका नेत्रविक्रम चन्द विप्लव पनि सहभागी भएकाले धेरैको चासो उनीप्रति थियो ।

त्यसैले राष्ट्रियसभा गृह प्रांगणमा पनि सभाहलमा भएको हस्ताक्षर समारोह हेर्ने व्यवस्था मिलाइएको थियो । त्यहाँ सर्वसाधारणको ठूलो समूहले समारोहको प्रत्यक्ष प्रशारण हेरेको थियो ।

समारोहमा प्रवेश गर्ने क्रममा विप्लवले सर्वसाधारणलाई अभिवादन गरेका थिए ।

सम्बन्धित समाचारहरू

Comments