प्रचण्ड–नेपाल समूहले भन्यो- विप्लवसँगको वार्ता स्टन्टका लागी नभई राजनीतिक निकासमा लागी भए स्वागतयोग्य

  • झरना खबर
  • २०७७ फाल्गुण १८ गते १८:१७ बजे प्रकाशित

काठमाडौं – सत्तारुढ नेकपा प्रचण्ड–नेपाल समूहले सरकार र विप्लव नेतृत्वको नेकपाबीच सार्थक वार्ताबाट राजनीतिक निकास खोज्न खोजिएको हो भने स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ ।

सरकारले वार्ता टोली गठन गरेलगत्तै प्रतिक्रिया दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले इमानदारीपूर्वक वार्ताको पहल भएको हो भने त्यसको आफूहरुले स्वागत गर्ने बताए ।

प्रवक्ता श्रेष्ठले भने, “हामी जहिले पनि वार्ताद्वारा राजनीतिक समस्याको राजनीतिक ढंगबाट समाधान होस् भन्ने पक्षमा छौँ । तर त्यसलाई स्टन्ट नबनाएर सार्थक रुपमा इमानदारीपूर्वक अघि बढाउनुपर्छ । हामीले जहिले पनि स्वागत गर्छौँ ।”

श्रेष्ठले आफूले पहिलेदेखिनै विप्लव समूहमाथि प्रतिबन्ध लगाउने, अपराधी घोषणा गर्ने जस्ता कार्यको विरोध गरेको समेत बताए ।

सम्बन्धित समाचारहरू

Comments