प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
- आश्विन ६, २०८३ मा प्रकाशित
काठमाडौँ प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनको विदेश प्रस्थानको क्रममा केही नयाँ र रोचक लाग्ने दृष्य देख्न पाइने छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना हुने छैन।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा कुनै तामझाम नगर्ने शाहको अडानपछि सेनाको ‘गार्ड अफ अनर’, रेड कार्पेट र भीआईपी लाउन्जको औपचारिक बिदाइ कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रीहरू, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विदेशी कूटनीतिज्ञलाई समेत बिदाइका लागि विमानस्थल बोलाइएको छैन। प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङस्थलसम्म पुगेर जहाज चढ्ने व्यवस्था मिलाइएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म १ हजार ४ सय ५१ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ७ सय ४५ जना अझै बेपत्ता छन्। यही राष्ट्रिय विपद्का कारण प्रधानमन्त्री शाहले महासभा भ्रमण रद्द गर्नेसम्मको छलफल गरेका थिए। तर, विश्व मञ्चमा नेपालको दुखद् स्थिति र जलवायु परिवर्तनका एजेन्डा उठाउनुपर्ने भएकाले उनी अन्तिम समयमा न्युयोर्क जाने निर्णयमा पुगेका हुन्।
न्युयोर्कमा रहँदा विभिन्न देशका सरकार प्रमुखहरूले द्विपक्षीय भेटवार्ताका लागि अनुरोध गरे पनि देशको परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले यसपटक कसैसँग पनि द्विपक्षीय भेट नगर्ने निर्णय लिएका छन्। उनले बिहीबार राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन् भने सोही दिन महासचिव एन्टोनियो गुटेरेससँग मात्र शिष्टाचार भेट गर्नेछन्। परम्परागत कूटनीतिक शैलीभन्दा फरक व्यवहारका कारण निरन्तर चर्चामा रहेका बालेनको यो निर्णयको चर्चासमेत सामाजिक सञ्जालमा भइरहेको छ ।
कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्न लागेका शाहका साथमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेलसहित सीमित टोली मात्रै जानेछन्।
परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्युयोर्क पुगेर समकक्षीहरूसँग द्विपक्षीय छलफलमा व्यस्त भइसकेका छन्। प्रधानमन्त्री शाह आगामी शनिबार स्वदेश फर्किने कार्यतालिका छ।
ट्रेन्डिङ
-
मंसिर १, २०८३विशेष प्रकृतिको भन्दै बोरिङको पानी जार र बोतलमा बेचेर उपभोक्ता ठगी, सरोकारवाला निकाय मौन
-
कार्तिक २९, २०८३सिंहासन हल्लाउने शक्ति जनताको मतमा छ!
-
कार्तिक २८, २०८३अनेसास नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयद्वारा ११८औँ देवकोटा जयन्ती भव्य रूपमा सम्पन्न
-
कार्तिक २८, २०८३बहुजन समुदायलाई राजनीतिक रूपमा संगठित हुन रिजवान अन्सारीको आह्वान
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments