नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
- भाद्र १४, २०८३ मा प्रकाशित
काठमाडौं, गोकर्णेश्वर : संघीय सरकार र स्थानीय तहको निर्देशिका एवं बिदा सम्बन्धी नियमलाई खुला चुनौती दिँदै काठमाडौंको गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्रका केही निजी तथा संस्थागत विद्यालयहरूले आइतबार पनि नियमित रूपमा विद्यालय सञ्चालन गरिरहेका छन्। सरकारले तोकेको सार्वजनिक बिदाको नीतिलाई बेवास्ता गर्दै गोकर्णेश्वरका केही निजी शैक्षिक संस्थाहरूले सांस्कृतिक कार्यक्रमको निहुँ पारेर पठनपाठन जारी राखेका हुन्।
गोकर्णेश्वर नगरपालिका अन्तर्गतका केही निजी विद्यालयहरूले बिहानैदेखि विद्यार्थीहरूलाई विद्यालय पोसाकमै बोलाएर नियमित कक्षा लिने गरेका छन्। सरकारको बिदा नीति विपरीत विद्यालय चलाउँदा बालबालिकाहरू अतिरिक्त मानसिक तनावमा परेका छन् भने सरोकारवालाहरुले यस कार्यको तीव्र विरोध गर्दै नियम पालना गराउन माग गरेका छन्।
यस विषयमा गोकर्णेश्वर नगरपालिकाकी नगर उप-प्रमुख सान्नानी लामाले बिदाको दिन विद्यालय सञ्चालन भएको बारे गुनासो आएको पुष्टि गर्नुभयो। त्यस्तै उप-प्रमुख लामाले भन्नुभयो, “हामीकहाँ अभिभावकहरूबाट विदा सम्बन्धी विषयमा गुनासोहरू आएका छन्। बहाना जेसुकै भए पनि सरकारको नियम र नगरपालिकाको निर्देशन सबैले अनिवार्य रूपमा पालना गर्नुपर्छ। नियम मिचेर मनोमानी ढंगले विद्यालय चलाउन पाइँदैन।”
यस विषयमा गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख वीर बहादुर खड्कासँग बुझ्दा, उहाँले नगरपालिकाको नियम र निर्देशन सबै विद्यालयहरूले अनिवार्य पालना गर्नुपर्ने प्रष्ट पार्नुभयो। शिक्षा शाखा प्रमुख खड्काले भन्नुभयो, सरकार र नगरपालिकाले तोकेको बिदाको दिन विद्यालय सञ्चालन गर्नु पूर्ण रूपमा नियम विपरीत कार्य हो। हामीलाई पनि केही निजी विद्यालयहरूले आइतबार विभिन्न नाउँमा कक्षा सञ्चालन गरेको जनगुनासो र सूचना प्राप्त भएको छ। नियम अटेर गर्ने त्यस्ता विद्यालयहरूको नगरपालिकाले तत्काल स्थलगत अनुगमन गर्नेछ र दोषी पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ।
यता विद्यालय सञ्चालकहरूले भने विभिन्न चाडपर्वका कारण शैक्षिक क्यालेन्डर प्रभावित भएको र पाठ्यघन्टा (Course Hours) पूरा गर्नका लागि आइतबार पनि कक्षा सञ्चालन गर्नुपरेको तर्क अघि सार्दै आएका छन्। तर, नगरपालिकाको शिक्षा शाखाले भने जस्तोसुकै बहानामा पनि आधिकारिक नियम उल्लङ्घन गर्ने र मनोमानी ढङ्गले विद्यालय खोल्ने छुट कसैलाई नभएको प्रष्ट पारेको छ।
सरकारको स्पष्ट निर्देशनलाई बेवास्ता गर्दै नियम अटेर गर्ने विद्यालयहरूमाथि नगरपालिका र शिक्षा शाखाले चाल्ने आगामी कदमलाई अहिले सरोकारवालाहरुले चासोका साथ हेरिरहेका छन्।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments