नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
- श्रावण २४, २०८३ मा प्रकाशित
काठमाण्डौं : नेपाल पानी उद्योग महासंघको ७ सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल (भ्रमण टोली) स्वदेश फिर्ता भएको छ । उक्त प्रतिनिधि मण्डल ओमानको मस्कटबाट भ्रमण सकेर हिजो शनिबार २ बजे स्वदेश फिर्ता भएको हो ।
महासंघको टोली ओमानी वाणिज्य तथा उद्योग महासंघको संयोजनमा तथा गैर आवासीय नेपाली सामाजिक क्लब-ओमान (एनआरएनएसटी) र नेपाल निर्यात व्यवसायी महासंघ (फीन) को संयुक्त आयोजनामा भएको व्यापार (MOU) साझेदारी कार्यक्रममा सहभागी हुन गत सोमबार उक्त टोली व्यापारिक भ्रमणका लागि गत सोमबार ओमानको मस्कट तर्फ गएको थियो ।
उक्त ७ सदस्यीय व्यापारिक भ्रमणको नेतृत्व नेपाल पानी उद्योग महासंघका अध्यक्ष बिक्रम लिम्बु चेमजोङले गर्नु भएको थियो। यो भ्रमणको सहजिकरण भने नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले गरेका थिए। भ्रमणमा विभिन्न संस्थाका जम्मा १५ जना सदस्य थिए। नेपाल र ओमानबीच व्यापार प्रवर्द्धन, दुई देशका उद्योगीहरूबीच आपसी सहयोग तथा व्यावसायिक अवसरहरूको विस्तार गर्ने मुख्य उद्देश्यका साथ भएको भ्रमण टोलीमा पानी उद्योगी, हर्वल उद्योगी, हस्तकला उद्योगी र डेरी उद्योगीहरु रहेका थिए।

उक्त व्यापार साझेदारी कार्यक्रममा सहभागी सबैले आ-आफ्नो उद्योगबाट उत्पादित बस्तुहरुको प्रर्दशन गरेका थिए। साझेदारी कार्यक्रमको सन्दर्भ पारेर नेपाल पानी उद्योग महासंघका अध्यक्ष बिक्रम लिम्बु चेमजोङको सक्रियतामा दोहोरो व्यापारको निम्ती Mount Everest LLC नामक कम्पनीको ओमान र नेपाल दुबै देशमा स्थापना गरी नेपालमा उत्पादित सामान ओमान र ओमानमा उत्पादन भएका विभिन्न सामानहरु नेपालमा आयात तथा निर्यात गर्ने पहिलो सम्झौता समेत भएको छ।

नेपालबाट हस्तकलाका सामाग्री , ग्ल्यासियर वाटर, नेचुरल स्प्रिङ वाटर, Sparklink नेचुरल वाटर ,अल्कालाइन नेचुरल वाटर , अदुवा, अलैंची, कफी, चिया साथै अन्य निर्यात योग्य वस्तुहरु ओमान निर्यात गर्ने र ओमानबाट लुब्रिकेन्टस्, रासायनिक मल, LDPE, LD दानाको समग्र अध्ययन गरी आयात गर्ने सहमति भएको छ।

उक्त भ्रमण टोलीमा नेपाल पानी उद्योग महासंघको तर्फबाट अध्यक्ष बिक्रम लिम्बु चेमजोङ, उपाध्यक्षहरु रविन्द्र मोहन अधिकारी,पुरुषोत्तम पाण्डे र कृष्णप्रसाद आचार्य रहेका थिए । त्यस्तै मधेस प्रदेश इन्चार्ज प्रमोद कुमार साह ,सुदूरपश्चिम प्रदेश प्रतिनिधि प्रकाश शाही र कोशी प्रदेशका तर्फबाट प्रतिनिधि सुदीप थापा समेत भ्रमण टोलीमा सहभागी रहेका थिए।
उक्त व्यापार साझेदारी कार्यक्रममा नेपाली दुतावास ओमानका कार्यवाहक राजदूत विशेष शाहको विशेष सहयोग र भूमिका रहेको थियो,साथै अन्य साझेदार संस्थाहरुको सहयोग र न्यानो आतिथ्य रहेको थियो।

ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments