आकर्षक पुरस्कार सहित SA कलेजले फुटसल र बाँस्केटबल प्रतियोगिता गर्दै
- बैशाख २३, २०८३ मा प्रकाशित
गोकर्णेश्वर : जोरपाटीमा रहेको SA कलेजले सईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर फुटसल र बाँस्केटबल प्रतियोगिताको आयोजना गरेको छ । उक्त कलेजले आकर्षक पुरस्कार सहितको प्रथम SA Appeared एसईई फुटसल र बाँस्केटबल प्रतियोगिता गर्ने भएको हो ।
उक्त आयोजित फुटसल प्रतियोगिता बैशाख २४ गते नारायणटार स्थित जोरपाटी फुटसलमा र बाँस्केटबल प्रतियोगिता २६ गते नयाँबस्ती स्थित शान्ती आदर्श स्कुलमा हुनेछ । फुटसलमा पुरुष तथा महिला टोली र बास्केटबलमा महिला तथा पुरुष दुवै प्रतिस्पर्धा गर्न पाउनेछन् । फुटसलको विजेता टोलीले आकर्षक नगद पुरस्कारका साथै मेडल,ट्रफि र प्रमाणपत्र पाउने छन् । यस्तै बास्केटबलको महिला र पुरुष दुवैतर्फका विजेताले आकर्षक नगद पुरस्कार सहित मेडल,ट्रफि र प्रमाणपत्र पाउने छन् ।
फुटसलतर्फ ६० भन्दा बढि टिम र बास्केटबल तर्फ ३० भन्दा बढि टिम सहभागी हुने कलेजका प्रिन्सिपल गोबिन्द दंगालले जानकारी दिएका छन् । खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीमात्र सहभागी हुन पाउनेछन् भने सहभागिताका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । बाँस्केटबल प्रतियोगिताका खेलहरु स्कुलकै कोर्टमा खेलाइने छन् ।
ट्रेन्डिङ
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
-
श्रावण १९, २०८३नेपाल पानी उद्योग महासंघको टोली ओमान प्रस्थान, पानी निर्यातका लागि ऐतिहासिक ‘B2B’ सम्झौताको सम्भावना
-
श्रावण १७, २०८३विश्वकपपछि मैदान फर्किए मेसी , जियानी इन्फान्टिनोमाथि अविश्वासको प्रस्तावदेखि राजीनामासम्म
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments