भ्रामक र गतल हल्लावारे स्पष्ट पारिएको सम्बन्धमा
- जेष्ठ ५, २०८२ मा प्रकाशित
आदरणीय पाठक वर्ग यस झरना मिडिया हाउस प्रा.लि द्वारा संचालित www.jhharanakhabar.com विगत ७ वर्षदेखि आफ्नै तरिकाबाट निरन्तर संचालनमा आएर सूचना–समाचार तथा विज्ञापन प्रसारण गर्दै आएको सम्पूर्णमा अवगत गराउँदछौं । पछिल्लो समयमा केहि व्यक्तिहरुले आफुलाई झरना खबरको प्रेस प्रतिनिधि भएको बताउने र विभिन्न कार्यालयहरुमा गएर गलत र अनावश्यक कुरा गर्ने गरेको गुनासो आउनुका साथै आफुले विभिन्न डिजिटल साम्रगीहरु झरना मिडिया हाउस र झरना खबरका प्रतिनिधिहरुलाई सहयोग र उपहार वापत दिएको भन्ने गलत र भ्रामक हल्ला फैलाउंदै हिडेको भन्ने विषय आएको हुनाले त्यस्ता गतल कुराहरुको हल्लाका पछाडि नलाग्न सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछौं । साथै यस झरना मिडिया हाउस प्रा. लि लाई कोहि कसैले कुनै पनि प्रकारका डिजिटल सामग्रीहरु सहयोग नगरेको,उपहार समेत भनेर नदिएको साथै कसैबाट कुनै प्रकारका सामग्री नलिएको स्पष्ट पार्दछौं । झरना मिडिया हाउस र www.jhharanakhabar.com आफ्नै विवेकले सत्य र निश्पक्ष समाचार तथा विज्ञापन प्रसारण गर्ने कुरामा र आवाज विहिनहरुको आवाज बन्ने कुरामा सधैं कटिबद्ध भएर लाग्ने दृढ संकल्प गर्दछ । साथै कोहि कसैले त्यस्ता आधारहिन कुराहरु गरेको पाउनुभएमा झरना मिडिया हाउसलाई सिधा सम्पर्क गरेर जानकारी गराउँन समेत हार्दिक अनुरोध गर्दछौं ।
झरना मिडिया हाउस प्रा.लि
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments