जब मुटुहरु धड्किन्छन्….
- श्रावण २७, २०८२ मा प्रकाशित
जब तिनीहरू एकअर्कालाई गोली हान्छन्,
तिनीहरूको मुटु अझै पनि धड्किन्छ,
बिना आँसु, बिना डर कुनै विचारहरूको पर्वाह नगरी,
तिनीहरु मार हान्न मै ब्यस्त छन्
तर हृदयहरूले सोच्दैनन्,
अनुमान गर्दैनन्,
बरु, तिनीहरू धेरै राम्ररी जान्दछन्,
कि तिनीहरूसँग शक्ति छ,
र अन्य अन्य हृदयहरूसँग
जडान गर्न
जीवनको साँचो छ,
जो जहाँ जो सुकैको पक्षमा भए पनि…
तिनीहरूले ठोक्छन,
र हामीलाई त्यो जादूमा रुचि छैन,
किनभने,
हामीलाई यसरी नै सिकाइएको थियो,
केवल एउटा अंग,
तर लाइटहाउस होइन
र जीवनमा एक मात्र नेभिगेटर,
जसलाई हामीले पछ्याउनु पर्छ,
यो बिना, हामी अज्ञात समुद्रको बीचमा हराइरहेका हुन्छौं…
अलगावको द्वैधतामा,
बिसयबस्तुको प्रिज्म मार्फत,
हामीलाई दृश्यबाट अलग गरिएको छ, मात्र: “ऊनीहरू” “हामी”
र सबैको बीचमा,
हराएको र कमजोर “म”!
जब मुटु धड्किरहेको हुन्छ,
तिनीहरू अझै पनि गोली हानिरहेका हुन्छन् र प्रहार गरिरहेका हुन्छन्…
धड्कन रहुन्जेल सम्म।
-ज्लाटन डेमिरोभिच (साराजेभो,बोस्निया र हर्जेगोभिना) –नेपाली अनुवादक : कवि भोज कुमार धमला
ट्रेन्डिङ
-
कार्तिक १४, २०८३बोटल संघका अध्यक्ष गौतमको अभिव्यक्तिप्रति खुद्रा व्यापार संघको आपत्ति: साना व्यापारीको मानमर्दन गरेको आरोप
-
कार्तिक १०, २०८३सुर्खेतमा प्रशोधित पानीको मूल्य विवादमा सहमति,पछि हटे सीडीओ, पुरानै मूल्य कायम, उद्योगहरू पुनः सञ्चालनमा
-
कार्तिक ८, २०८३सुर्खेत प्रशासनको पानीको मूल्य निर्धारण गर्ने निर्णयप्रति पानी उद्योग महासंघको आपत्ति, निर्णय सच्याउन माग
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments