जब मुटुहरु धड्किन्छन्….
- श्रावण २७, २०८२ मा प्रकाशित
जब तिनीहरू एकअर्कालाई गोली हान्छन्,
तिनीहरूको मुटु अझै पनि धड्किन्छ,
बिना आँसु, बिना डर कुनै विचारहरूको पर्वाह नगरी,
तिनीहरु मार हान्न मै ब्यस्त छन्
तर हृदयहरूले सोच्दैनन्,
अनुमान गर्दैनन्,
बरु, तिनीहरू धेरै राम्ररी जान्दछन्,
कि तिनीहरूसँग शक्ति छ,
र अन्य अन्य हृदयहरूसँग
जडान गर्न
जीवनको साँचो छ,
जो जहाँ जो सुकैको पक्षमा भए पनि…
तिनीहरूले ठोक्छन,
र हामीलाई त्यो जादूमा रुचि छैन,
किनभने,
हामीलाई यसरी नै सिकाइएको थियो,
केवल एउटा अंग,
तर लाइटहाउस होइन
र जीवनमा एक मात्र नेभिगेटर,
जसलाई हामीले पछ्याउनु पर्छ,
यो बिना, हामी अज्ञात समुद्रको बीचमा हराइरहेका हुन्छौं…
अलगावको द्वैधतामा,
बिसयबस्तुको प्रिज्म मार्फत,
हामीलाई दृश्यबाट अलग गरिएको छ, मात्र: “ऊनीहरू” “हामी”
र सबैको बीचमा,
हराएको र कमजोर “म”!
जब मुटु धड्किरहेको हुन्छ,
तिनीहरू अझै पनि गोली हानिरहेका हुन्छन् र प्रहार गरिरहेका हुन्छन्…
धड्कन रहुन्जेल सम्म।
-ज्लाटन डेमिरोभिच (साराजेभो,बोस्निया र हर्जेगोभिना) –नेपाली अनुवादक : कवि भोज कुमार धमला
ट्रेन्डिङ
-
आश्विन २३, २०८३गोकर्णेश्वरमा डिजिटल स्वास्थ्य बीमा सेवा, नौवटै वडाका कर्मचारीलाई ट्याब वितरण
-
आश्विन २३, २०८३रसुवाका बाढीपीडितलाई नेपाल पानी उद्योग महासंघको ३ लाख ४५ हजार रुपैयाँभन्दा बढी सहयोग
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments