क्योकुशिन सेईसिन काईकान कराँतेका खेलाडी शनि शिंहलाई स्वर्ण पदक
- श्रावण १४, २०८२ मा प्रकाशित
काठमाडौं – श्रीलंकामा आयोजना भएको साउथ एसियन स्तरिय २५ औं अन्तर्राष्ट्रिय फुलकन्ट्याक्टमा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागी भएका खेलाडी शनि शिंहले स्वर्ण पदक हाँसिल गरेका छन् । उक्त प्रतियोगितामा श्रीलंकाली खेलाडीलाई २ राउन्ड ड्र भएर तेस्रोपटकको भिडन्तमा नेपाली खेलाडी शिंहले स्वर्ण पदक हात पार्न सफल भएका हुन् ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा सहभागी भएको उक्त प्रतियोगिताकामा अफिसियलमा प्रशिक्षकद्वय रामशरण राणा र सम्पूर्ण महर्जन रहेका थ्रिए । त्यस्तै खेलाडीमा शनि शिंहले सहभागीता जनाएका थिए ।
उक्त प्रतियोगिताका सहभागी देशहरुमा नेपाल, भारत, बंगलादेश र श्रीलंका रहेका थिए। प्रमुख अतिथिमा वल्ड कमिटी फेडेरेसनका उपाध्यक्ष तथा वल्ड व्यकोरिन काईकान कराँते संघका अध्यक्ष काञ्चो सोशी सुगिहरा रहेका थिए । उक्त प्रतियोगिताको आयोजना भने शिहान लक्मल फोनेस्काले गरेको थियो । प्रतियोगिताको क्षण संस्था र देशकै लागि गौरवको विषय रहेको नेपाल च्याप्टर अध्यक्ष अशोक श्रेष्ठले बताएका छन् ।
ट्रेन्डिङ
-
कार्तिक १४, २०८३एनप्याब्सनलाई निलम्बन
-
कार्तिक १४, २०८३बोटल संघका अध्यक्ष गौतमको अभिव्यक्तिप्रति खुद्रा व्यापार संघको आपत्ति: साना व्यापारीको मानमर्दन गरेको आरोप
-
कार्तिक १०, २०८३सुर्खेतमा प्रशोधित पानीको मूल्य विवादमा सहमति,पछि हटे सीडीओ, पुरानै मूल्य कायम, उद्योगहरू पुनः सञ्चालनमा
-
कार्तिक ८, २०८३सुर्खेत प्रशासनको पानीको मूल्य निर्धारण गर्ने निर्णयप्रति पानी उद्योग महासंघको आपत्ति, निर्णय सच्याउन माग
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments