क्योकुशिन सेईसिन काईकान कराँतेका खेलाडी शनि शिंहलाई स्वर्ण पदक
- श्रावण १४, २०८२ मा प्रकाशित
काठमाडौं – श्रीलंकामा आयोजना भएको साउथ एसियन स्तरिय २५ औं अन्तर्राष्ट्रिय फुलकन्ट्याक्टमा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागी भएका खेलाडी शनि शिंहले स्वर्ण पदक हाँसिल गरेका छन् । उक्त प्रतियोगितामा श्रीलंकाली खेलाडीलाई २ राउन्ड ड्र भएर तेस्रोपटकको भिडन्तमा नेपाली खेलाडी शिंहले स्वर्ण पदक हात पार्न सफल भएका हुन् ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा सहभागी भएको उक्त प्रतियोगिताकामा अफिसियलमा प्रशिक्षकद्वय रामशरण राणा र सम्पूर्ण महर्जन रहेका थ्रिए । त्यस्तै खेलाडीमा शनि शिंहले सहभागीता जनाएका थिए ।
उक्त प्रतियोगिताका सहभागी देशहरुमा नेपाल, भारत, बंगलादेश र श्रीलंका रहेका थिए। प्रमुख अतिथिमा वल्ड कमिटी फेडेरेसनका उपाध्यक्ष तथा वल्ड व्यकोरिन काईकान कराँते संघका अध्यक्ष काञ्चो सोशी सुगिहरा रहेका थिए । उक्त प्रतियोगिताको आयोजना भने शिहान लक्मल फोनेस्काले गरेको थियो । प्रतियोगिताको क्षण संस्था र देशकै लागि गौरवको विषय रहेको नेपाल च्याप्टर अध्यक्ष अशोक श्रेष्ठले बताएका छन् ।
ट्रेन्डिङ
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
-
श्रावण १९, २०८३नेपाल पानी उद्योग महासंघको टोली ओमान प्रस्थान, पानी निर्यातका लागि ऐतिहासिक ‘B2B’ सम्झौताको सम्भावना
-
श्रावण १७, २०८३विश्वकपपछि मैदान फर्किए मेसी , जियानी इन्फान्टिनोमाथि अविश्वासको प्रस्तावदेखि राजीनामासम्म
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments