नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
- श्रावण ६, २०८२ मा प्रकाशित
काठमाडौं – नेपाल मेडिकल कलेजले विभिन्न पदमा दक्ष जनशक्ति माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गर्दै प्राध्यापक तहदेखि प्राविधिक तथा प्रशासनिक पदसम्मका लागि दरखास्त आह्वान गरेको हो।
प्रकाशित सूचनाका अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, साथै इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर र हेल्थ असिस्टेन्ट पदका लागि योग्य उम्मेदवारहरू माग गरेको हो।
कलेजका अनुसार स्वास्थ्य सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन थप जनशक्ति आवश्यक परेकाले यो दरखास्त आह्वान गरिएको हो। इच्छुक उम्मेदवारहरूले असार १२ गतेभित्र आफ्नो व्यक्तिगत विवरण (CV) इमेलमार्फत पठाउनु पर्नेछ। सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि बोलाइने जनाइएको छ।
नेपाल मेडिकल कलेजले विगत २५ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा निरन्तर योगदान दिँदै आएको छ। संस्थाले नविनतम प्रविधिको प्रयोग गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
ट्रेन्डिङ
-
आश्विन २३, २०८३गोकर्णेश्वरमा डिजिटल स्वास्थ्य बीमा सेवा, नौवटै वडाका कर्मचारीलाई ट्याब वितरण
-
आश्विन २३, २०८३रसुवाका बाढीपीडितलाई नेपाल पानी उद्योग महासंघको ३ लाख ४५ हजार रुपैयाँभन्दा बढी सहयोग
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments