२१२ औं भानु जयन्तिको अवसरमा एकलाख एक रुपयाँको पुरस्कार घोषणा
- असार ३०, २०८२ मा प्रकाशित
काठमाण्डौं : २१२ औं भानु जयन्तिको अवसर पारेर असार २९ गते विश्व शान्ति तथा एकीकृत परिवार संघले आफ्नो केन्द्रिय कार्यालय काठमाडौँमा कविता वाचन कार्यक्रम सम्पन्न्न गरेको छ।
भिष्म उप्रेती प्रमुख अतिथि रहनुभएको यस कार्यक्रममा संस्थाका दक्षिण एसिया निर्देशक कृष्ण अधिकारी सभापति हुनुहुन्थ्यो। कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी , रन्जना निरौला , कृष्ण बाउसे, भोज कुमार धमाला, रमि प्रीया, सुबास सिंह पराजुली, उजाला कपाली लगाएतका १८ जना चर्चित अतिथि कविहरुले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी कविहरुको कविता बाचनले कार्यक्रममा गरमागरम भएको थियो। उक्त समारोह बीच कवि रुपसिसंह भण्डारीको संयोजकत्वमा “शान्ति साहित्य सभा” नामक साहित्यिक संस्थाको समेत उद्धघाटन गरिएको थियो। यस साहित्यिक संस्थाले हरेक वर्ष उत्कृष्ट एक जना कविलाई एक लाख एक रुपयाँ बराबरको शान्ति साहित्य पुरस्कार दिने निर्णय गरेको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य एच बि खत्रीले दिनु भएको थियो । कार्यक्रममा बोल्दै समाजसेवी विनोद डांगीले धन्यावाद ज्ञापन गर्नुभएको थियो।

प्रमुख अतिथि भिष्म उप्रेतीले भानु भक्तको नेपाली साहित्य प्रतिको प्रेमले उहाँलाई नेपाली समाजले अनन्त देखि आदि काल सम्म सम्झिरहने कुराको स्मरण गर्नु भएको थियो। कार्यक्रमा बोल्दै उहाँले भानु भक्तको नेपाली साहित्यमा अतुलनीय योगदानलाई सदा सर्बदा नेपाली साहित्यले सिरोधार्य गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो।
ट्रेन्डिङ
-
आश्विन २३, २०८३गोकर्णेश्वरमा डिजिटल स्वास्थ्य बीमा सेवा, नौवटै वडाका कर्मचारीलाई ट्याब वितरण
-
आश्विन २३, २०८३रसुवाका बाढीपीडितलाई नेपाल पानी उद्योग महासंघको ३ लाख ४५ हजार रुपैयाँभन्दा बढी सहयोग
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments