शान्ति आदर्श कलेजले साउन ११ गते ओरन्टेसन कार्यक्रम गर्दै
- असार २९, २०८२ मा प्रकाशित

जोरपाटी – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरी राम्रो जिपिए ल्याएका विद्यार्थीहरूको लागि शान्ति आदर्श कलेज (एसए) एक प्रमुख आकर्षणको केन्द्र बनेको छ।
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरणका साथ काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडा स्थित जोरपाटी चोकमा यस वर्षदेखि संचालित यो कलेज सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूको पहिलो रोजाइ बनेको हो। यस वर्ष एसईईमा सफल जिपिए ल्याएका विद्यार्थीहरूले आफ्नो कक्षा ११ र १२ अध्ययनको लागि शान्ति आदर्श कलेज रोजिसकेका छन् ।
आफुलाई नयाँ सोच लिएर शिक्षा सबैको लागि हो भन्ने नारा सहित स्थापना भएको शान्ति आदर्श कलेजले यस वर्ष ११ कक्षामा नयाँ भर्ना भएका झण्डै २ सय जना विद्यार्थीहरुलाई आउँदो साउन ११ गते प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबको सभाहलमा स्वागत तथा ओरन्टेसन कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा कलाकार स्वप्न सुमन आउने भएका छन् ।
Comments