गीत : परदेशमा…
- असार २७, २०८२ मा प्रकाशित

नारायण नेपाल –
गाउँ शहरका कुरा जब सुन्छु परदेशमा,
ज्यानको कसम घर सम्झेर रुन्छु परदेशमा ।
बिरन्तरी ठाउँँमा आफ्नो ढुक्ढुकी नचाउँदा,
झस्किन्छु म दिलको माया चुम्न नपाउँदा ।
बिनाजलको माछाजस्तो हुन्छु परदेशमा,
ज्यानको कसम घर सम्झेर रुन्छु परदेशमा ।
साहुको रिन एकातिर, अर्कोतिर खर्च,
पसिनाको घुट्को लाउँदै काम गर्नुपर्छ ।
आँशुभित्र पनि खुशी बुन्छु परदेशमा,
ज्यानको कसम घर सम्झेर रुन्छु परदेशमा ।
हे भगवान, प्वाल नपरोस् जिन्दगीको नाउमा,
परिश्रमको मलम लाउँछु नियतिको घाउमा ।
सम्हालिँदै देब्रे छाती छुन्छु परदेशमा
ज्यानको कसम घर सम्झेर रुन्छु परदेशमा !
(गीतकार नारायण नेपाल चर्चित लेखक तथा साहित्यकार हुनुहुन्छ ।)
What’s your Reaction?
+1
2
+1
2
+1
+1
+1
Comments