•  २५ असार २०८२, बिहीबार

गतिशील एवम् प्रतिबद्ध कुमारी कलेजमा ११ कक्षामा नयाँ भर्ना धमाधम

- असार २४, २०८२ मा प्रकाशित


बौद्ध – काठमाडौं माहानगरपालिका वडा नम्बर-६ बौद्धमा रहेको कुमारी कलेजमा कक्षा ११ मा नयाँ भर्ना खुलेको छ। शिक्षण सिकाईमा स्तरीयता, गतिशीलता र प्रतिबद्ध भावना सहित बिगत ४० वर्ष देखि शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउदै आएको यस कलेजमा कक्षा ११ मा बिज्ञान, व्यबस्थापन , मानविकी र कानुन संकायका बिभिन्न बिषयमा भर्ना खुलेको विधालयका प्राचार्य निलकण्ठ ढुङ्गानाले जानकारी दिएका छन्।

कुमारी कलेजको परिचय

कुमारी कलेज काठमाडौं माहानगरपालिका वडा नम्बर-६ बौद्ध स्थित टुसालमा स्थापना भएको निजी कलेज हो । लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेको कुमारी कलेज सुधारिएको नमूना कलेज हो । जहाँ प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले कलेजको गरिमा उँचो बनाइदिएको छ । यस कलेजले सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएको अब्बल उदाहरण पेश गरेको छ । यस कलेजमा शिक्षा, व्यवस्थापन, मानविकी, विज्ञान र कानुन संकायमा पढाइ हुँदै आइरहेको छ भने कलेजमा ११ कक्षामा भर्ना अभियान चलिरहेको छ । कुमारी कलेजले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई संलग्न गराउँछ ।

हाल यस विद्यालयमा कक्षा नर्सरी देखि १२ कक्षासम्मको पठनपाठन गराइन्छ । यो विद्यालय वास्तवमा संस्थापक एवम् केही शिक्षाविद्हरुको सपना र कल्पनाको उपज हो । जसलाई सार्थक पार्न संस्थापक स्वयम् व्यस्त देखिन्छन्। विद्यालयका शिक्षक तथा कर्मचारी दक्ष, अनुभवी एवम् प्रेरणादायी हुनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि समर्पित रहेका छन् । कुमारी कलेजले प्रत्येक विद्यार्थी आफैमा विशेष हुन्छ भन्ने मान्यता राखेको छ । विद्यार्थीहरुलाई सोही अनुसार न्यानो र असल शैक्षिक वातावरण सिर्जना गरी शिक्षा दिने कार्य गर्दै आएको छ। यस कलेजको भौतिक संरचना,उच्च किसिमको व्यवस्थापन एवम् दक्ष कर्मचारीका साथै तिनीहरुले विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउने कार्य गराइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर