आज प्रतिनिधिसभा बैठक बस्दै,प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
- असार २३, २०८२ मा प्रकाशित
काठमाडौं-प्रतिनिधिसभा बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् ।
नेकपा एमाले संसदीय दलले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर यही असार २० गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहेको छ ।
ट्रेन्डिङ
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
-
भाद्र ३१, २०८३बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा (भिडियो सहित)
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments