हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
- असार १, २०८२ मा प्रकाशित
काठमाडौं – भारतको उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।
भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।
दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।
ट्रेन्डिङ
-
आश्विन २३, २०८३गोकर्णेश्वरमा डिजिटल स्वास्थ्य बीमा सेवा, नौवटै वडाका कर्मचारीलाई ट्याब वितरण
-
आश्विन २३, २०८३रसुवाका बाढीपीडितलाई नेपाल पानी उद्योग महासंघको ३ लाख ४५ हजार रुपैयाँभन्दा बढी सहयोग
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments