•  ६ जेष्ठ २०८२, मंगलवार

जोरपाटीमा आरोग्य वेल केयर क्लिनिक संचालनमा आउँदै, शनिवार औपचारिक उद्घाटन

- बैशाख २६, २०८२ मा प्रकाशित


काठमाण्डौं – मुलुककै स्थापित चिकित्सकहरूको संलग्नतामा गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ जोरपाटीमा झण्डै २ करोडको लगानीमा आरोग्य वेल केयर क्लिनिक संचालनमा आउने भएको छ । क्लिनिकको वैशाख २७ गते शनिवार विहान एक औपचारिक कार्यक्रम गरि शुभारम्भ गरिने भएको छ । हिजो बिशिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्लिनिक संचालनवारे जानकारी गराइएको हो ।

आरोग्य वेल केयर क्लिनिकको औपचारिक उद्घाटन भने काठमाडौं क्षेत्र नम्बर तीनका प्रतिनिधि सभा सदस्य एवम् अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुने गरिने भएको छ ।

उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसाल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की सहित वडा अध्यक्षहरू अतिथिका रुपमा सहभागी हुनुहुनेछ । यस बाहेक समाजका सबै तह र तप्काका व्यक्तिहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा क्लिनिकका अध्यक्ष समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर राजीवकुमार देवले जानकारी दिएका छन् ।

स्थानीयवासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी क्लिनिकले नाफामुखीभन्दा पनि सेवामुखीभावले सेवा प्रदान गर्ने लक्ष्य राखेको अध्यक्ष प्राध्यापक डाक्टर देवको भनाइ छ । कुनै पनि रोगको पहिचान एवं रोकथामका लागि ‘विशेष विशेषज्ञ सेवा’ क्लिनिकको मूलमन्त्र रहेको उनले प्रष्ट पारे ।

क्लिनिक शुभारम्भका लागि चिकित्सकसँगै समाजमा स्थापित गैर चिकित्सिकहरूको पनि उत्तिकै साथ सहयोग रहेकाले आफूहरूलाई थप उर्जाशील बनाएको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा क्लिनिकका संचालक समेत रहेका हेल्थ कन्सर्नका प्रमुख कार्यकारी डाक्टर सुवास प्याकुरेलले शुरुमा क्लिनिकको रुपमा खोलिएतापनि निकट भविष्यमै आरोग्यले अस्पताल मार्फत विशिष्टकृत सेवा उपलब्ध गराउने लक्ष्य लिएको बताए । भविष्यमा शैक्षिक केन्द्रको रुपमा समेत आरोग्यलाई विस्तार गर्न सकिने डाक्टर प्याकुरेलले बताएका छन् ।

पत्रकार सम्मेलनमा शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजी विभाग प्रमुख डाक्टर पवन राज चालिसे, किस्ट अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डाक्टर संगिता रेग्मी चालिसे लगायतले स्थानीय स्तरमै खुल्ने यस्ता क्लिनिकबाट सरोकारवाला सबै लाभान्वित हुने धारणा राखेका थिए ।

उक्त पत्रकार सम्मेलन मार्फत मानवअधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष रामकृष्ण बराल, हेल्थ कन्सर्नका प्रशासकीय प्रमुख पवित्रा घिमिरे प्याकुरेल लगायतले क्लिनिकको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरेका छन् ।

क्लिनिकमा मुटुरोग विशेषज्ञ डाक्टर निर्मल घिमिरे, फिजिशियनहरु डाक्टर सन्तोष गौतम, डाक्टर उत्तम लामिछाने लगायतले विशेषज्ञ सेवा दिनेछन् । क्लिनिकले स्थानीय चिकित्सक तथा पेशाकर्मीहरु मार्फत समुदाय लक्षित हेल्थ स्कृनिङ्ग, रोकथाममुखी सेवा पद्धती, सेकेण्ड ओपिनियन सेवा लगायतका बिरामी र नागरिक केन्द्रित सेवा मोडल अङ्गिकार गर्दै इलेक्ट्रोनिक मेडिकल रेकर्डयुक्त हेल्थ कार्डको सेवा प्रदान गर्नेछ। झरना विशेष……

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर