नवराज सुवेदीको नेतृत्वमा राजावादी एकैठाउँ
- बैशाख २५, २०८२ मा प्रकाशित
काठमाडौं- राजावादीहरूले आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिनदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।
बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित जुटेका विभिन्न राजावादी दल र समूहले यस्तो घोषणा गरेका हुन् ।
उनीहरूले अब राजा र हिन्दु राज्य फर्काउन सुवेदीकै नेतृत्वमा आन्दोलन गर्ने सहमति पनि जुटाएका छन् ।
राजावादीहरूले गणतन्त्रवादी दलहरूसँग अझै पनि सहमति र समझदारीको आधारमा वर्तमान संविधानकै परिधिभित्रबाट आफ्ना मागहरू सम्बोधन गर्ने विकल्प रहेको बताएका छन् ।
‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उदेश्यहरू प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न २०८२ जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ’, सुवेदीले भनेका छन्. ‘यो आन्दोलनको संयोजन र परिचालन वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन समिति’मार्फत् हुनेछ । हामी सबै दल र समूहहरू संयुक्त जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल तुल्याउने संकल्प गर्दछौँ ।’
उनीहरूले ‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना तथा सुशासनको लक्ष्य प्राप्तिको लागि जनआन्दोलन गर्ने घोषणा, समझदारी तथा प्रतिवद्धता पत्र’ पनि सार्वजनिक गरेका छन् ।
राजावादीहरूले २०६३ जेठ ४ गते पुनःर्स्थापित प्रतिनिधि सभाले असंवैधानिक ढंगबाट हिन्दुराष्ट्रको पहिचान समाप्त गर्ने तथा राजसंस्थालाई पाखा लगाउने घोषणा गरेसँगै सुरू भएको राजनीतिक यात्राको परिणामस्वरूप देश अहिले गम्भीर संकटमा रहेको पनि निष्कर्ष निकालेका छन् । २०७२ असोज ३ गते जारी संविधानले स्थापना गरेको संघीय धर्मनिरपेक्ष गणतन्त्र पूर्णतः असफल प्रमाणित भएको पनि उनीहरूको निष्कर्ष छ ।
ट्रेन्डिङ
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
श्रावण ४, २०८३सरकार बेपत्ता हुँदा पानी जारमा एम्बुसिङ मापदण्ड फितलो-संघबाटै उद्योगीमा भ्रम फैलाउने कार्य
-
असार ३१, २०८३हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी
-
असार २८, २०८३सरकारको कार्यशैलीप्रति महतो असन्तुष्ट, जनताको धैर्यको परीक्षा नलिन चेतावनी
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments