आईपिओ जारी गर्न कमिशन मागेको भन्दै सांसद सापकोटाले मागे छानबिन
- बैशाख २४, २०८२ मा प्रकाशित
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि साना तथा ठूला जलविद्युत आयोजनाबाट कमिसन मागेको विषय बाहिरिएको भन्दै त्यसबारे तत्काल छानबिन गर्न माग गरेका छन् । सांसद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमार्फत उक्त विषयमा भरपर्दो संयन्त्रबाट छानबिन गराउन माग गरेका हुन् । धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन मागिएको भन्ने समाचारको विषय उठाउँदै छानबिनको माग गरेका हुन् ।
सापकोटाले इप्पानका अध्यक्ष र सदस्यले नै खुलासा गरेको भन्दै उक्त विषय गम्भीर रहेको बताए । उनले भने,‘इप्पाका अध्यक्ष र सदस्यले नै खुलासा गर्नुभएको छ कि धितोपत्र बोर्डले ठूला आयोजनाबाट ५ प्रतिशत र साना आयोजनाबाट ७ प्रतिशत माग्दै बार्गेनिङ भयो । यो समाचारप्रति प्रतिपक्षको गम्भीर ध्यानाकर्षण भएको छ ।’ यो विषय राप्रपाकी सांसद रोशन कार्कीले पनि उठाएकी छिन् ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments