आईपिओ जारी गर्न कमिशन मागेको भन्दै सांसद सापकोटाले मागे छानबिन
- बैशाख २४, २०८२ मा प्रकाशित
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि साना तथा ठूला जलविद्युत आयोजनाबाट कमिसन मागेको विषय बाहिरिएको भन्दै त्यसबारे तत्काल छानबिन गर्न माग गरेका छन् । सांसद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमार्फत उक्त विषयमा भरपर्दो संयन्त्रबाट छानबिन गराउन माग गरेका हुन् । धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन मागिएको भन्ने समाचारको विषय उठाउँदै छानबिनको माग गरेका हुन् ।
सापकोटाले इप्पानका अध्यक्ष र सदस्यले नै खुलासा गरेको भन्दै उक्त विषय गम्भीर रहेको बताए । उनले भने,‘इप्पाका अध्यक्ष र सदस्यले नै खुलासा गर्नुभएको छ कि धितोपत्र बोर्डले ठूला आयोजनाबाट ५ प्रतिशत र साना आयोजनाबाट ७ प्रतिशत माग्दै बार्गेनिङ भयो । यो समाचारप्रति प्रतिपक्षको गम्भीर ध्यानाकर्षण भएको छ ।’ यो विषय राप्रपाकी सांसद रोशन कार्कीले पनि उठाएकी छिन् ।
ट्रेन्डिङ
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
-
भाद्र ३१, २०८३बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा (भिडियो सहित)
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments