पाकिस्तानी सेनाले भारतीय फाइटर जेट खसालेको दाबी
- बैशाख २४, २०८२ मा प्रकाशित
नयाँदिल्ली– पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् । पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ ।
भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ ।
दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को फाइटर जेट पञ्जाबमा खसेको छ । उक्त फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो । यी फाइटर जेट पाकिस्तानले खसाएको या दुर्घटनामा परेको भने खुलेको छैन ।
भारतीय एयर फोर्सका अधिकारीहरूले भने कि भारतीय फाइटर जेट खसेको पुष्टि गरिसकेका छैनन् । बरु पाकिस्तानी जेएफ–१७ फाइटर जेट खसेको हुन सक्ने उनीहरूको तर्क छ ।
तर पाकिस्तान र पीओकेका चरमपन्थी शिविरमा आतङ्ककारी शिविरहरूमा भारतको एयर स्ट्राइकपछि जम्मु–कश्मीरमा तीन र पञ्जाबमा एउटा फाइटर जेट खसेको समाचार छापेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]