प्रतिपक्षी दलसँग सरकारले प्रतिशोध साँधेको सांसद झाको आरोप
- बैशाख २३, २०८२ मा प्रकाशित
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले सरकारले प्रतिपक्षी दलका नेताहरुसँग प्रतिशोध साँधिरहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको प्रतिशोधमा रास्वपाका सभापति रवि लामिछाने र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी परिसकेको बताएका हुन् ।
नेता झाले अब सरकारको प्रतिशोधको निसानामा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत रहेको पनि बताए । उनले यसरी राजनीतिक प्रतिशोधका आधारमा जे पनि गर्न थालिएको खण्डमा चुप लागेर बस्न नसकिने पनि बताए ।
‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरुमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा पनि राख्न चाहन्छौं । हाम्रो पार्टी सभापतिमाथि भयो, हालसालै रेशम चौधरीमाथि भयो । माधवकुमार नेपालज्यूको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ? यो सबै कुरालाई हामीले एउटा राजनीतिक प्रतिशोधको क्रमको रुपमा रहिराखेका छौं । गम्भीरतापूर्वक लिइराखेका छौं । सधैं चुप लाग्ने अवस्था नरहन पनि सक्छ,’– उनले भने ।
ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments