रेशम चौधरीको गिरफ्तारीले लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ : रञ्जिता श्रेष्ठ
- बैशाख २३, २०८२ मा प्रकाशित
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको मनोमानी गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रशासनिक मनोमानीको गम्भीर रुपमा छानविन हुन आवश्यक रहेको बताईन् ।
‘वैशाख १७ गते भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानविन होस् । रेशम चौधरीमाथि भएको व्यवहारको सार्वजनिक जवाफको प्रतिक्षामा छौं ।’ उनले भनिन्, ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु– यो घटनाको गहिरो अध्ययन होस् । यहाँ केवल एक जनाको गिरफ्तारी होइन, संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’
गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम रहेको थियो । रेशमलाई एकता घोषणा कार्यक्रमबाटै विचाराधीन मुद्दाको सम्बन्धमा थुनामा पठाएको थियो । पछि सर्वोच्च अदालतले रेशमलाई थुनामा पठाउने पत्र आधिकारिक नरहेको बताउँदै उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो ।
ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments