•  ३ जेष्ठ २०८२, शनिबार

रेशम चौधरीको गिरफ्तारीले लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ : रञ्जिता श्रेष्ठ

- बैशाख २३, २०८२ मा प्रकाशित


काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको मनोमानी गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रशासनिक मनोमानीको गम्भीर रुपमा छानविन हुन आवश्यक रहेको बताईन् ।

‘वैशाख १७ गते भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानविन होस् । रेशम चौधरीमाथि भएको व्यवहारको सार्वजनिक जवाफको प्रतिक्षामा छौं ।’ उनले भनिन्, ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु– यो घटनाको गहिरो अध्ययन होस् । यहाँ केवल एक जनाको गिरफ्तारी होइन, संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’

गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम रहेको थियो । रेशमलाई एकता घोषणा कार्यक्रमबाटै विचाराधीन मुद्दाको सम्बन्धमा थुनामा पठाएको थियो । पछि सर्वोच्च अदालतले रेशमलाई थुनामा पठाउने पत्र आधिकारिक नरहेको बताउँदै उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर