ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्न सक्ने पूर्व उपराष्ट्रपति पेन्सको चेतावनी
- बैशाख २३, २०८२ मा प्रकाशित
वासिङ्टन – अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सोमबार ट्रम्प प्रशासनको भन्सार नीतिको आलोचना गर्दै सम्भावित अभावले अमेरिकीहरूलाई ह्वाइट हाउसबाट ‘फरक दृष्टिकोणको माग’ गर्न बाध्य पार्न सक्ने बताएका छन् ।
सिएनएनसँगको प्राइमटाइम अन्तर्वार्तामा पेन्सले विभिन्न विषयहरूमा छलफल गरे र सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा आक्रमण गरेको आरोपमा अभियोजन गरिएका लगभग सबै दङ्गाकारीलाई माफी दिएकोमा आफ्ना पूर्व बोस ट्रम्पको आलोचना गरे ।
आफ्नो दोस्रो कार्यकालमा डोनाल्ड ट्रम्पले अन्य देशहरूले ‘अनुचित’ अभ्यासहरू अपनाएको र वासिङ्टनले हरेक देशसँग व्यापार सन्तुलन हासिल गर्न आवश्यक रहेको दाबी गर्दै लगभग सबै अमेरिकी व्यापारिक साझेदारहरूमाथि व्यापक भन्सार शुल्क लगाएक छन् ।
पेन्सले आफ्नो पहिलो कार्यकालमा ट्रम्पका लागि उपराष्ट्रपतिको रूपमा सेवा गर्नुभयो तर विशेष गरी सन् २०२० को चुनावमा धाँधली भएको ट्रम्पको दाबीलाई लिएर रिपब्लिकन अर्बपतिसँग मतभेद राखेका थिए ।
पेन्सले ट्रम्पको भन्सार नीतिहरू ‘अनिवार्य रूपमा नयाँ औद्योगिक नीति हो जसले मुद्रास्फीति निम्त्याउँछ, जसले उपभोक्ताहरूलाई हानि पुर्याउँछ र अन्ततः अमेरिकी अर्थतन्त्रलाई हानि पुर्याउँछ’ भन्ने ‘चिन्ता’ भएको बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शक्ति मात्र बुझ्नुहुन्छ’ भन्दै पूर्व उपराष्ट्रपति पेन्स रुस–युक्रेन युद्धमा ट्रम्पसँग असहमत देखिए ।
“यदि पछिल्ला तीन वर्षले हामीलाई केही सिकाउँछ भने भ्लादिमिर पुटिन शान्ति चाहनुहुन्न, उहाँ युक्रेन चाहनुहुन्छ”, उनले भने ।
ट्रम्प प्रशासनले युद्धमा युद्धविराम सुरक्षित गर्ने प्रयासको नेतृत्व गरेको छ । अमेरिकी अधिकारीहरूले प्रायः द्वन्द्वमा मस्कोको अनुरूप अमेरिकी स्थितिहरू परिवर्तन गरेको देखिन्छ ।
तथापि ट्रम्पले वार्तामा भएको गतिरोधबारे पुटिनप्रति बढ्दो अधैर्य व्यक्त गरेका छन् । अधिकारीहरूले वासिङ्टनले यदि चाँडै ठोस परिणामहरू नआए प्रक्रियाबाट बाहिरिने सङ्केत दिएका छन् ।
ट्रम्पलाई जो बाइडेनसँग हारेको चुनावी परिणामको प्रमाणीकरण रोक्नका लागि अमेरिकी विधायी शक्तिको केन्द्रमा आक्रमण गरेका संसद् भवनका दङ्गाकारीहरूलाई माफी दिएकामा पेन्सले निराशा व्यक्त गरे ।
“राष्ट्रपति ट्रम्पले त्यस दिन कानून प्रवर्तन अधिकारीहरू विरुद्ध हिंसामा संलग्न मानिसहरूलाई क्षमा गरेको देखेर म निकै निराश थिएँ”, पेन्सले भने, “राष्ट्रपतिलाई संविधानअन्तर्गत माफी दिने हरेक अधिकार छ, तर त्यस क्षणमा, मैले यसले गलत सन्देश पठाएको महसुस गरेँ ।”
ट्रम्पका समर्थकहरूले बाइडेनको विजय प्रमाणीकरणमा पेन्सको सहभागितालाई विश्वासघात मानेका थिए र रिपब्लिकनका लागि आयोजित ¥यालीहरूमा “माइक पेन्सलाई झुण्ड्याऊ१“ भन्ने नाराहरू सामान्य भएका थिए।
तथापि पेन्सले ‘अन्तमा ती दुर्भाग्यपूर्ण दिनहरू नभएसम्म हामीबीच कहिल्यै अन्तरक्रिया भएको थिएन’ भन्दै पेन्सले आफू अझै पनि ‘ट्रम्प–पेन्स प्रशासनको रेकर्डमा गर्व’ गर्ने बताए । रासस
सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २४, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]