पानी उद्योगीलाई ठूलो राहत: अब विद्युत बिलिङ ‘औद्योगिक’ दरमै हुने,नेपाल पानी उद्योग महासंघकाे पहल प्रति उद्योगी खुसी
- कार्तिक २८, २०८३ मा प्रकाशित
काठमाण्डौं । लामो समयदेखि उच्च विद्युत महसुलको मार खेप्दै आएका देशभरका पानी उद्योगीहरूले ठूलो राहत पाएका छन्। नेपाल विद्युत प्राधिकरणले पानी उद्योगहरूको विद्युत मिटरको वर्गीकरण परिमार्जन गर्दै अबदेखि ‘औद्योगिक’ (Industrial) वर्गअन्तर्गत नै बिलिङ गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो।
यसअघि अधिकांश पानी उद्योगहरूमा व्यावसायिक (Commercial) दरमा विद्युत बिलिङ हुँदै आएको थियो। जसका कारण उद्योगको उत्पादन लागत बढ्नुका साथै व्यवसायीहरू मर्कामा पर्दै आएका थिए। उक्त असमानता हटाउन नेपाल पानी उद्योग महासंघले नेपाल विद्युत प्राधिकरण, ऊर्जा मन्त्रालय र विद्युत नियमन पुनरावलोकन समिति लगायतका सरोकारवाला निकायहरूमा निरन्तर पहल र पत्राचार गर्दै आएको थियो।
महासंघको सोही निरन्तर पैरवीपछि प्राधिकरणको प्रशासनिक पुनरावलोकन समितिले पानी उद्योगहरूलाई औद्योगिक वर्गमा राख्ने महत्वपूर्ण निर्णय गरेको हो। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय (अर्थ महाशाखा) ले महासंघलाई आधिकारिक पत्र पठाउँदै उक्त निर्णयबारे जानकारी गराएको छ। साथै, प्राधिकरणले देशभरका सातवटै प्रादेशिक कार्यालय (विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, अत्तरिया) तथा हेटौंडा र नेपालगञ्जस्थित डिभिजन कार्यालयहरूलाई परिपत्र गर्दै मातहतका वितरण केन्द्रमार्फत तत्काल निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत जारी गरिसकेको छ।
उद्योगीहरूलाई महासंघको विशेष अनुरोध:
निर्णय कार्यान्वयनमा आएसँगै नेपाल पानी उद्योग महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीले एक अत्यन्त जरुरी सूचना जारी गर्दै देशभरका सम्पूर्ण पानी उद्योगीहरूलाई प्रक्रिया पूरा गर्न आग्रह गर्नुभएको छ। महासंघले हाल व्यावसायिक वर्गमा दर्ता भई बिलिङ भइरहेका उद्योगहरूलाई तत्काल सम्बन्धित विद्युत प्राधिकरणको वितरण केन्द्रमा सम्पर्क गरी आवश्यक कागजातसहित औद्योगिक वर्गमा परिणत गराउन अनुरोध गरेको छ।
प्रक्रिया पूरा गर्ने क्रममा कुनै प्राविधिक कठिनाइ वा अन्योल उत्पन्न भएमा प्राधिकरणले जारी गरेको आधिकारिक पत्र पेस गर्न र आवश्यक परेमा जिल्ला, प्रदेश वा महासंघको केन्द्रीय कार्यालयमा समन्वय गर्नसमेत महासंघले सूचित गरेको छ। महासंघले यो निर्णयलाई सम्पूर्ण पानी उद्योगीहरूको साझा आवाज र संस्थागत पहलको ऐतिहासिक उपलब्धिका रूपमा लिएको जनाएको छ।
यस्तो छ प्राधिकरणले जारी गरेको पत्र:


ट्रेन्डिङ
-
कार्तिक २८, २०८३बहुजन समुदायलाई राजनीतिक रूपमा संगठित हुन रिजवान अन्सारीको आह्वान
-
कार्तिक २८, २०८३पानी उद्योगीलाई ठूलो राहत: अब विद्युत बिलिङ ‘औद्योगिक’ दरमै हुने,नेपाल पानी उद्योग महासंघकाे पहल प्रति उद्योगी खुसी
-
कार्तिक २०, २०८३एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
-
कार्तिक २०, २०८३पुरानो नेतृत्वबाट मधेशका मुद्दा पूरा हुँदैनन्
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments