२०७९ देखि नवीकरणबिनै सञ्चालनमा नेपाल बोटल वाटर उद्योग संघ, ठेगाना समेत फरक
- कार्तिक १८, २०८३ मा प्रकाशित
काठमाडौं । वि.सं. २०६५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नेपाल बोटल वाटर उद्योग संघ लामो समयदेखि नवीकरणबिनै सञ्चालन हुँदै आएको पाइएको छ। दर्ता भएको संस्थाको नाम एउटा भए पनि अहिले पदाधिकारीहरू भने नेपाल बोटल वाटर उद्योग महासंघको नामबाट गतिविधि गर्दै हिँडेको समेत पाइएको छ।
संस्था दर्ता ऐन, २०३४ को दफा (४) बमोजिम काठमाडौं महानगरपालिका वडा नम्बर- ११ मा ठेगाना कायम गरी दर्ता भएको उक्त संस्थाको जिल्ला प्रशासन कार्यालय काठमाडौंस्थित अभिलेखअनुसार अन्तिम नवीकरण मिति २०७९ साल असोज ९ गते रहेको छ। त्यसपछि संस्थाको नवीकरण भएको अभिलेख देखिँदैन।
तर, नवीकरण नभएको अवस्थामा समेत संस्थाका पदाधिकारीहरूले नेपाल बोटल वाटर उद्योग महासंघको नाम प्रयोग गर्दै गतिविधि गरिरहेको विषयले संस्थाको आधिकारिक नाम, वैधानिक हैसियत र सञ्चालन प्रक्रियाबारे प्रश्न उठाएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदा उल्लेख गरिएको ठेगाना र अहिले प्रयोग भइरहेको ठेगानासमेत फरक रहेको पाइएको छ।
दर्ता भएको संस्था संघका रूपमा रहेको अवस्थामा महासंघ नाम प्रयोग गर्न कानुनी रूपमा आवश्यक प्रक्रिया पूरा गरिएको छ वा छैनरु संस्थाको नाम परिवर्तन गरिएको हो भने त्यसको आधिकारिक अभिलेख कहाँ छरु पाँच वर्षदेखि नवीकरण नभएको संस्थाले कुन कानुनी आधारमा महासंघका रूपमा गतिविधि गरिरहेको छरु यी विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्ट पार्नुपर्ने देखिन्छ।
नेपाल बोटल वाटर उद्योग संघ उद्योग क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाको नाम, दर्ता, नवीकरण र आधिकारिक हैसियतसम्बन्धी विषयमा सम्बन्धित निकाय तथा संस्थाका पदाधिकारीको जवाफदेहिता समेत आवश्यक देखिएको छ।
उता पानी उद्योगीहरुले नेपाल बोटल वाटर उद्योग संघलाई महासंघ नाम प्रयोग गर्नु आफैँमा गैरकानुनी भएको भन्दै नाम परिवर्तन वा नयाँ दर्तासम्बन्धी अभिलेख जाँच गर्नुपर्ने बताएका छन् । दर्ता संघको, गतिविधि भने महासंघको नाममा हुँदा संघको वैधानिकतामाथि प्रश्न उठेको उद्योगीहरुले बताएका छन् ।
ट्रेन्डिङ
-
कार्तिक २०, २०८३एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
-
कार्तिक २०, २०८३पुरानो नेतृत्वबाट मधेशका मुद्दा पूरा हुँदैनन्
-
कार्तिक १४, २०८३एनप्याब्सनलाई निलम्बन
-
कार्तिक १४, २०८३बोटल संघका अध्यक्ष गौतमको अभिव्यक्तिप्रति खुद्रा व्यापार संघको आपत्ति: साना व्यापारीको मानमर्दन गरेको आरोप
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments