बोटल संघका अध्यक्ष गौतमको अभिव्यक्तिप्रति खुद्रा व्यापार संघको आपत्ति: साना व्यापारीको मानमर्दन गरेको आरोप
- कार्तिक १४, २०८३ मा प्रकाशित
काठमाडौँ। केहि दिन अगाडि एक टेलिभिजनमार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रमलाई दिएको अन्तरवार्तामा नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुब बहादुर गौतमले बोलेको विषयलाई लिएर खुद्रा व्यापारी अर्थात पसलेहरू आक्रोशित बनेका छन्। अन्तरवार्ताका क्रममा अध्यक्ष गौतमले खुद्रा पसलेहरूलाई ‘बिचौलिया’ भनी सम्बोधन गर्नु भएको थियो । उक्त भनाइलाई लिएर नेपाल खुद्रा व्यापार संघले समेत त्यसप्रति आपत्ति जनाएको हो।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले झरना खबरसँगको टेलिफोन संवादमा उद्योगीकै उत्पादन किनेर उपभोक्ताको घरदैलोसम्म पुर्याउने व्यवसायी अर्थात पसलेलाई बिचौलिया भन्नु निन्दनीय भएको बताउनुभएको छ। आफ्नो पसिना बगाएर, राज्यलाई कर तिरेर व्यवसाय गर्ने साना तथा खुद्रा व्यापारी पसलेहरूको मानमर्दन हो, अध्यक्ष बज्राचार्यले भन्नुभयो।
अध्यक्ष बज्राचार्यले उद्योगबाट उत्पादित सामान किनेर सिधै उपभोक्तालाई उपलब्ध गराउने पसलेहरू वास्तविक व्यवसायी भएको जिकिर गर्दै उत्पादक र उपभोक्ताबीच रहने अन्य तहहरू मात्र बिचौलिया हुन सक्ने तर्क अघि सार्नु भएको छ । त्यसकारण उपभोक्तालाई सामान उपलब्ध गराउने पसलेहरु कसरी बिचौलिया हुन्छन् ? भन्दै बज्राचार्यले प्रश्न समेत गर्नु भएको छ ।
उहाँले बताए अनुसार उद्योगी (उत्पादक) र खुद्रा व्यापारी (पसले) को बीचमा बसेर सामानको मूल्य बढाउने वा चलखेल गर्ने तहलाई मात्र बिचौलिया भन्न मिल्छ । पसलेहरू सेवा प्रदायक भएकाले उपभोक्तालाई प्रत्यक्ष रूपमा सामान उपलब्ध गराउने खुद्रा पसलेहरू बिचौलिया नभई सेवा प्रवाह गर्ने कानुनी र आधिकारिक व्यापारी हुन् । उद्योगी आफैँले तय गरेको अधिकतम बिक्री मूल्य (MRP ) भित्रै रहेर खुद्रा व्यापारीले सामान बेच्ने हुँदा, मूल्यमा आएको फरकको दोष पसलेलाई थुपार्नु अन्यायपूर्ण रहेको उहाँको भनाइ छ।
विवादको चुरो कुरो , मूल्य र परिभाषा:
पानी उद्योगी र व्यापारीबीच लामो समयदेखि जार र बोतलको पानीको मूल्यलाई लिएर विवाद रहँदै आएको छ। उद्योगबाट ढुवानीसहित प्रतिजार २० देखि ३५ रुपैयाँमा निस्कने पानी उपभोक्तासम्म पुग्दा काठमाडौँ उपत्यकामा ५० देखि ७० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। त्यस्तै एक लिटरको बोतलको पानीको मुल्य अधिकतम १६ रुपैयाँ तोकिएको छ । तर उपभोक्ता बढी मुल्य तिर्न बाध्य छन् ।
उद्योगीहरूले बजारमा जारको मूल्य उच्च हुनुमा खुद्रा व्यापारी र वितरण तह जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन्। यता खुद्रा व्यापार संघले भने उद्योगी आफैँले निर्धारण गरेको अधिकतम बिक्री मूल्य (MRP ) का आधारमा मात्र आफूहरूले सामान बेच्ने गरेको स्पष्ट पार्दै आएको छ। जसमा लागत मूल्य र बिक्री मूल्यबीचको ठुलो अन्तरका कारण आम उपभोक्ता मारमा परिरहेका छन् ।
खुद्रा व्यापार संघले आफ्नो मानमर्दन हुने खालका अभिव्यक्ति सच्याउन र आधिकारिक व्यवसायीहरूलाई सम्मानजनक ढंगले हेर्न नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुब बहादुर गौतमलाई आग्रह गरेको छ ।
उता उद्योगहरूले आफैँ मूल्य तय गर्ने र व्यापारीले सोही मूल्यमा सामान बेच्दा पनि उल्टै बढी मूल्य लियो वा नाफा बढी खायो भन्दै पसलेहरूलाई बिचौलियाको आरोप लगाउनु गलत भएको व्यवसायीहरूले बताएका छन् । व्यापारीहरूले आफूहरुले उद्योगकै नियम र तोकिएको मूल्य पालना गरेको हुनाले नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुब बहादुर गौतमले लगाएको बिचौलिया जस्तो आरोपको पुष्टि नहुने तर्क गरेका छन् ।
ट्रेन्डिङ
-
कार्तिक १४, २०८३एनप्याब्सनलाई निलम्बन
-
कार्तिक १४, २०८३बोटल संघका अध्यक्ष गौतमको अभिव्यक्तिप्रति खुद्रा व्यापार संघको आपत्ति: साना व्यापारीको मानमर्दन गरेको आरोप
-
कार्तिक १०, २०८३सुर्खेतमा प्रशोधित पानीको मूल्य विवादमा सहमति,पछि हटे सीडीओ, पुरानै मूल्य कायम, उद्योगहरू पुनः सञ्चालनमा
-
कार्तिक ८, २०८३सुर्खेत प्रशासनको पानीको मूल्य निर्धारण गर्ने निर्णयप्रति पानी उद्योग महासंघको आपत्ति, निर्णय सच्याउन माग
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments