•  २६ जेष्ठ २०८३, मंगलवार

एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ

- जेष्ठ २४, २०८३ मा प्रकाशित

ओहायो : अमेरिकाको ओहायो राज्यस्थित एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब विज्ञान भट्टराई पक्राउ परेका छन् । भट्टराईलाई घरेलु हिंसाको आरोपमा स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनलाई ओहायो राज्यस्थित लिकिङ काउन्टी कारागारमा थुनामा राखिएको छ।

काउन्टीका अनुसार उनलाई सन् २०२६, जुन ५ तारिखका दिन बिहानको ९:५४ बजे प्रहरीले नियन्त्रणमा लिएर थुनामा पठाएको हो । भट्टराईमाथि मुख्य गरी दुईवटा अपराधको आरोप लगाईएको छ । भट्टराईलाई लागेका आरोप मध्य पहिलो घरेलु हिंसा र दोश्रो विभिन्न व्यक्तिलाई धम्की दिने गरेको रहेका छन् ।

उनलाई आर.वाई.पी.डी नामक स्थानीय प्रहरी निकायले पक्राउ गरेर अनुसन्धान समेत थालेको छ । अहिले भट्टराईमाथि अमेरिकी कानुन बमोजिम कारबाही प्रकृया अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीले भट्टराईलाई अदालतमा उपस्थित गराउने गरी अनुसन्धान गरिरहेको छ । अमेरिकाको कानुनको एउटा नियम के छ भने, प्रहरीले पक्राउ गर्दैमा कोही पनि व्यक्ति तुरुन्तै दोषी ठहरिँदैन। पक्राउ परेका विज्ञान भट्टराईको हकमा पनि अदालतको अन्तिम फैसला आउन बाँकी छ। उनी थुनाबाट कहिले छुट्छन् भन्ने कुरा स्पष्ट भएको छैन ।

Comments
[gs-fb-comments]

सम्बन्धित खवर