गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थी विजयी
- फाल्गुन २३, २०८२ मा प्रकाशित
काठमाण्डौं – गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी निर्वाचित भएका छन् । पन्थीले १६ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धी रहेका एमालेका गोकर्ण बिष्टले १६ हजार ३ सय ८२ मत पाएका छन् । अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ हजार ४ सय ५ मत पाएका छन् भने नेकपाका श्रीराम महतले ३ हजार ७८ मत पाएका छन् ।
निर्वाचित पन्थी नेपाल प्रहरीका पूर्व सुरक्षा अधिकारी हुन्। प्रहरी सेवामा रहँदा उनले विभिन्न जिल्लामा जिम्मेवारी सम्हाल्दै शान्ति–सुरक्षा व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी र अपराध नियन्त्रणसम्बन्धी क्षेत्रमा गहिरो अनुभव हाँसिल गरेका छन् । त्यसो त उनै पूर्व सुरक्षा अधिकारी पन्थीलाई गुल्मी क्षेत्र नम्बर २ का जनताले यस पटक वास्तविक विजय गराएका छन् । प्रहरी पृष्ठभूमिले उनलाई संगठनात्मक अनुभव, अनुशासन र प्रशासनिक दक्षता दिएको कारण पनि उनले निर्वाचन जित्न सफल भएका हुन् ।
गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको विभिन्न चरणमा अग्रता परिवर्तन हुँदै गए पनि अन्तिम चरणमा भने पन्थीले अग्रता कायम राख्दै विजय सुनिश्चित गरेका हुन्। गुल्मी क्षेत्र नम्बर २ मा नयाँ राजनीतिक शक्तिको उदय र पुराना स्थापित दलका प्रभावशाली उम्मेदवारबीचको प्रतिस्पर्धाले यसपटकको चुनावलाई विशेष बनाएको थियो।

















Comments
[gs-fb-comments]