बालेन जुटे झापा-५ का मतदातासँग भलाकुसारीमा
- माघ ७, २०८२ मा प्रकाशित
काठमाडौं : हिजो झापा क्षेत्र नम्बर-५ मा निर्वाचन उम्मेदवारी दर्ता प्रक्रियामा देखिएको उत्साह र प्रतिबद्धताले सकारात्मक ऊर्जा थपेको छ । खासगरी काठमाण्डौं महानगरपालिकाका तत्कालिन मेयर एवम् रास्वपाका बरिष्ठ नेता बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएपछि निकै उत्साह थपेको छ ।
काठमाडौंलाई स्वीजरल्यान्ड र सिंगापुर बनाउनु पर्दैन काठमाडौं नै बनाए पुग्छ भन्ने लोकप्रिय नारासहित उदाएका शाह यतिबेला भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दैछन् । काठमाडौं महानगरपालिको मेयरबाट तीन वर्षको अवधिमै छाडेर उनी झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।
रास्वपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाह बीच राजनीतिक सहकार्य गर्ने गरी सम्झौता भएको थियो । यतिबेला वैकल्पिक भनिएका अन्य राजनीतिक दल र परम्परागत दलहरूबीच संसय पैदा भएको देखिन्छ ।
झापा क्षेत्र नम्बर-५ बाट बालेनले उम्मेदवारी दर्ता गराउँदा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली बढि हच्किएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि ओलीले झापा क्षेत्र नम्बर-५ बाट नै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने बालेन कडा प्रतिष्पर्धीका रुपमा देखिएका छन् । बालेनले उम्मेदवारी दर्ता गराउँदा देखिएको उत्साहजनक माहोलले पनि आलिमाथि डर पैदा भएको छ ।
उता काठमाण्डौं महानगरपालिकाको मेयर हुँदा बालेन प्रति ओलीले गर्ने गरेको भद्दा पिप्पणीले पनि यतिबेला निर्वाचनमा ओलीलाई हराएरै छाड्ने दाउमा बालेन देखिएका छन् । रास्वपाको तर्फाबात आफ्नो उम्मेदवारी दर्ता गर्न जाने समयमा उनका समर्थकमा देखिएको उल्लासले पनि निर्वाचनबारे देखिएको संशय मेटिएर गएको छ भने ओली झापा क्षेत्र नम्बर-५ बाट निर्वाचनमा मडारिने संकेत देखिएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली बालेनलाई अनेका आारोप लगाएर निर्वाचन हराउन सकिन्छ कि भन्ने दाउमा छन् । उनले बालेन विदेशी शक्तीबाट परिचालित हुन भन्ने रटान मारिरहेकाछन् । बालेन सिंहदरबार जलाउने आतङ्ककारी हुन् । त्यसका मतियार हुन् ।” अघिल्लो दिन त्यतिका धेरै युवा सहिद भए । चुँ बोल्दैनन् । कसैले सोधे ठाडो जवाफ दिन्छन् – “मैले मारेको हुँ । पुलिसले मारेको हो । मैले किन जिम्मेवारी लिने भन्दै उफ्रिन्छन जस्ता आरोप लगाएर ओली आफुलाई राष्ट्रवादि छविका रुपमा उभ्याउन कोसिस गरिरहेका छन् ।
जबकी ओली त्यतिबेला देशको प्रधानमन्त्री थिए । उनले अलिकति पनि जिम्मेवारी लिएनन् भने शोक समेत मानेन । नत उनमा अलिकति सहानुभूति प्रकट भयो नत सहिद परिवारसँग माफी नै मागे । उल्टै बालेनमाथि आली खनिरहेका छन् ।
उता बालेन भने झापा-५ का मतदातासँग भलाकुसारीमा जुटीसकेका छन् । मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन बुधबार बिहानै घरदैलो अभियानमा निस्किएका हुन् । उनी सबै प्रकारका व्यवस्थापनमा लागि सकेका छन् भने रास्वपाका कार्यकर्तासँग छलफल गर्न जुटेका छन् । भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको व्यक्ति आफ्नो क्षेत्रमा उम्मेदवार बन्ने कुराले झापा ५ मा जनता उत्साहित भएका छन् । निकट स्रोतका अनुसार बालेनले अब चुनावी सभालाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् ।
झापा-५ का मतदातासमेत रहेका जेन–जी फ्रन्टका प्रवक्ता एवं अधिवक्ता यतिश ओझा बालेनको उम्मेदवारीसँगै जेन–जी आन्दोलनलाई संस्थागत गर्ने विश्वास लिएको बताउँछन् । झापा-५ मा यसअघि केपी ओली निर्वाचन लड्दा प्रधानमन्त्री चाहिएको एउटा इमोसन थियो । ओली प्रधानमन्त्री हुन्छन्, अरूलाई किन मत दिने भन्ने आकर्षणले काम गथ्र्यो । अब बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर यहाँ चुनाव लड्न आउन लाग्दा उत्साह छ । तर, पहिलाजस्तो सामान्य छान्ने कि प्रधानमन्त्री भन्ने अवस्था भने छैन । बालेन झापा आउनुलाई आन्दोलनको म्यान्डेटस्वरूप ओलीलाई हराउँने कदमका रूपमा पनि झापा-५ का जनताले लिएका छन्। यसले जेन–जी आन्दोलनलाई पनि संस्थागत गर्नेछ भन्ने विश्वास उनीहरुको रहेको छ । जेन–जी आन्दोलनपछि झापाका युवाहरूले ओलीलाई अस्वीकार गर्ने मत राख्दै आएका छन् । यतिबेला बालेनले परिवर्तनलाई नेतृत्व दिन सक्ने छन् भन्दै जनता उत्साहित देखिन्छन् ।
सहरी क्षेत्र दमकसमेत समेटिने झापा-५ मा एमालेले अध्यक्ष ओलीलाई उठाएको छ । ०७९ को निर्वाचनमा भर्खर–भर्खर उदाएको रास्वपाले सुरेशकुमार पोखरेललाई उम्मेदवार बनाएर ११ हजार ७ सय ५९ मत ल्याएको थियो । राप्रपासँग गठबन्धन गरेर ५२ हजार ३ सय १९ मत ल्याउँदै ओली विजयी भएका थिए । दोस्रो बनेका कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७सय ४३ मत ल्याएका थिए । समानुपातिकतर्फ भने रास्वपाले प्रत्यक्षमा भन्दा झन्डै सात हजार बढी अर्थात् १८ हजार २ सय ५ मत ल्याएको थियो । विगतमा जित निकालेकै आधारमा झापा ५ लाई एमाले वा ओलीको गढका रूपमा चर्चा पनि गरिन्छ । तर, त्यसलाई बालेनले खारेज गर्ने सम्भावना रहेको छ ।
विगतको निर्वाचनलाई हेर्दा पनि ओली डराएको देखिन्छ । उनी आफू सुरक्षित हुन ०७४ र ०७९ को निर्वाचनमा राप्रपासँग तालमेल गरेका थिए । ०७४ मा देशभर राप्रपा शून्य हुँदा पनि ओलीले आफू सुरक्षित हुन झापा ३ छाडेको ठाउँमा राप्रपाका राजेन्द्र लिङ्देनले जितेका थिए । त्यसैले पनि झापा ५ लाई एमालेको गढ हो भनेर हेर्नुपर्ने अवस्था छैन ।
बालेन झापा ५ बाट चुनाव लड्न निकै अनुसन्धान गरेर र मतदाताको मनोविज्ञान बुझेरै गएका हुन् । काठमाडौंको मेयरमा प्रतिस्पर्धा गर्दा बालेन चिनिएका थिएनन् । तर,अनुसन्धान गरेर, मतदाताको मनोविज्ञान बुझेर, टिम परिचालन गरेर निर्वाचन लडेका थिए । कांग्रेस–एमालेको गढमा प्रवेश गरेर मतदाताको मत लिएका थिए । झापामा पनि अनुसन्धान गरेर, बुझेर नै चुनाव लड्न आँटेको हुनुपर्छ ।
सहरी क्षेत्र दमकलाई समेत समेट्ने झापा-५ लाई रिर्सच गरेर नै बालेनले रोजेको हुनसक्छ , बालेनले झापा-५ नै रोज्नुले पूर्वप्रधानमन्त्री समेत रहेका केपी ओली लाई रिङआउट गर्न सक्ने बुझिन्छ । यतिबेला झापा-५ का नागरिकले परिवर्तनको पक्षमा लागेको आइकनलाई उम्मेदवार पाएको छ । ‘भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको व्यक्ति आफ्नो क्षेत्रमा उम्मेदवार बनेकाले त्यहाँका जनता निकै उत्साहित भएका छन् ।
दर्शकबिन तपाइहरुलाई यो पनि जानकारी हुनुपर्छ झिापा-५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । सो क्षेत्रमा ४८ साल यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभा निर्वाचनमा भने माओवादीका विश्वदीप लिङ्देनसँग हारेका ओलीले २१ फागुनको चुनावमा पनि झापा ५ नै रोजेका छन् । उनले रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहसँग भिड्नुपर्ने देखिएको छ ।
उता बालेन २०४७ साल वैशाखमा काठमाडौंको नरदेवीमा जन्मिएका हुन् । उनको पुर्ख्यौली थलो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो । उनको प्रारम्भिक अध्ययन त्यहीको ‘जल्जला’ स्कूलबाट भएको हो । उच्च माध्यमिक शिक्षा भीएस निकेतनबाट गरेका हुन् । साथै, स्नातक भने ‘ह्वाइट हाउस’ कलेजबाट गरेका हुन् ।
अन्तमा गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोनको क्षतिका वारे एक रत्ति जिम्मेवारी नलिने ओलीलाई झापा-५ का जनताले फेरि जिताएर पठाउँछन या बालेनलाई त्यो हेर्न भने २१ फागुन कुर्नु पर्ने छ ।

















Comments