सहारा फाउण्डेसन अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)
- कार्तिक ११, २०८२ मा प्रकाशित
ओहायो अमेरिका – सहारा फाउण्डेसन अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फाउण्डेसनले ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरेको हो। रगतको अभाबले छटपटाउदै कसैले पनि अमुल्य जीवन गुमाउन नपरोस भन्ने मनसायले फाउण्डेसनले अक्टोबर २६ तारिखकादिन आफ्नो पहिलो कार्यक्रम अन्तर्गत बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

‘रक्तदान नै जीवन दान हो’, ‘रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण हुन्छ । ’रक्तदान जस्तो सहयोग कसैको जीवनदान बन्न सकोस भन्ने उद्देस्यले सहारा फाउण्डेसन अमेरिकाले ओहायोको भर्सिटी ब्लड सेन्टर, एनआरएनए ओहायो च्याप्टर (NRNA Ohio Chapter) , कल्याण फाउण्डेशन, लक्ष्मि ज्वलर्स र आर एण्ड टि स्टाफिङ (R & T Staffing) सँग सहकार्य गर्दै अक्टोबर २६ आइतबारका दिन ओहायोको रेनल्डसबर्ग स्थित कलश ईभेन्ट सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रमलाई लक्ष्मि ज्वेलर्स र R & T Staffing ले आर्थिक सहयोग गरेको थियो। उक्त कार्यक्रममा २५ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । त्यस्तै धेरै ब्यक्तित्वहरू रक्तदान गर्ने इच्छा हुँदाहुँदै पनि विभिन्न स्वास्थ्यको कारणले रक्तदान गर्न नमिलेर फर्किनु भएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् समाजसेवीहरू आएर रक्तदान गर्नुभएको थियो।

सहारा फाउण्डेसनले सुरूमा यस कार्यक्रमको समय तालिका मिलाउन ओहायो स्थित Versiti Blood Bank कि क्षेत्रीय ब्यबस्थापक Heidi Seitz सँग धेरै ताकेता गर्नुपरे पनि आगामि दिनहरूमा सहकार्य गर्दै हरेक वर्षको दुईपटक रक्तदान कार्यक्रम गर्ने संस्थाका अध्यक्ष होताराम विश्वकर्मासँग सहमती जनाएकी छिन। सहारा फाउण्डेसनका सबै सदस्यहरू र सह-आयोजक संस्थाहरू तर्फका सदस्यहरूले आ-आफ्नो ठाउँबाट भ्याएसम्म यस कार्यक्रमलाई सहयोग गरि भब्य रूपले सम्पन्न गर्न मद्धत गर्नुभएको संस्थाका अध्यक्ष होताराम विश्वकर्माले ‘झरना खबर’ सँगको कुराकानीमा बताउनुभएको छ ।

सहारा फाउण्डेसनको सहकार्यमा Versiti Blood Bank of Ohio ले रक्तदान गर्नुहुने सबै दाताहरूलाई एक-एक वटा आहायो स्टेट (Ohio State) लेखेको टि-सर्ट बितरण गरेको थियो। यस कार्यक्रममा उपस्थित भएका सहयोगी मनहरूले यस प्रकारको समाजसेवी कामलाई सहारा फाउण्डेसनले निरन्तरता दिनु पर्ने भन्दै उत्साहा दिएका थिए। उक्त कुरालाई आत्मसाथ गर्दै अब ओहायोमा सहारा फाण्डेसनले हरेक वर्षको दुईपटक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। त्यस्तै संस्थाका अध्यक्ष विश्वकर्माले सम्पूर्ण रक्तदाता, सहआयोजक र सपोर्टरहरूलाई धन्यबाद दिदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा जोड दिनुभएको थियो।

नेपालमा सन २०१० देखि स्थापना भएको सामाजिक संस्था सहारा फाउण्डेसनले सन् २०२५ सेक्टेम्बर देखि अमेरिकामा होताराम विश्वकर्माको अध्यक्षतामा आधिकारिक रुपमा आफ्नो च्यारिटी स्थापना गरेको थियो। फाउण्डेसनले लामो समयदेखि शिक्षा, स्वाथ्य र मानव अधिकार लगाएत थुप्रै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २४, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]