•  ९ कार्तिक २०८२, आईतवार

आन्दोलनको मिति ५-७ दिनमा तोक्छौंः दुर्गा प्रसाईँ

- कार्तिक ९, २०८२ मा प्रकाशित


काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले अबको आन्दोलनमा पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म यातायात बन्द गराउने बताएका छन् । राजधानीमा एक अन्तर्क्रिया गर्दै उनले अबको आन्दोलन सफल भएर नै छाड्ने बताएका छन् ।

प्रसाईंले व्यवस्था परिवर्तन गर्नका लागि सबै जना लाग्नुपर्ने बताएका छन् । उनले आन्दोलनको मिति अबको ५ ७ दिनपछि तोक्ने बताए । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने पनि उनले बताएका छन् । अबको आन्दोलन नेपाल र नेपाली जोगाउनका लागि रहेको उनको दाबी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर