भ्रामक र गतल हल्लावारे स्पष्ट पारिएको सम्बन्धमा
- जेष्ठ ४, २०८२ मा प्रकाशित

आदरणीय पाठक वर्ग यस झरना मिडिया हाउस प्रा.लि द्वारा संचालित www.jhharanakhabar.com विगत ७ वर्षदेखि आफ्नै तरिकाबाट निरन्तर संचालनमा आएर सूचना–समाचार तथा विज्ञापन प्रसारण गर्दै आएको सम्पूर्णमा अवगत गराउँदछौं । पछिल्लो समयमा केहि व्यक्तिहरुले आफुलाई झरना खबरको प्रेस प्रतिनिधि भएको बताउने र विभिन्न कार्यालयहरुमा गएर गलत र अनावश्यक कुरा गर्ने गरेको गुनासो आउनुका साथै आफुले विभिन्न डिजिटल साम्रगीहरु झरना मिडिया हाउस र झरना खबरका प्रतिनिधिहरुलाई सहयोग र उपहार वापत दिएको भन्ने गलत र भ्रामक हल्ला फैलाउंदै हिडेको भन्ने विषय आएको हुनाले त्यस्ता गतल कुराहरुको हल्लाका पछाडि नलाग्न सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछौं । साथै यस झरना मिडिया हाउस प्रा. लि लाई कोहि कसैले कुनै पनि प्रकारका डिजिटल सामग्रीहरु सहयोग नगरेको,उपहार समेत भनेर नदिएको साथै कसैबाट कुनै प्रकारका सामग्री नलिएको स्पष्ट पार्दछौं । झरना मिडिया हाउस र www.jhharanakhabar.com आफ्नै विवेकले सत्य र निश्पक्ष समाचार तथा विज्ञापन प्रसारण गर्ने कुरामा र आवाज विहिनहरुको आवाज बन्ने कुरामा सधैं कटिबद्ध भएर लाग्ने दृढ संकल्प गर्दछ । साथै कोहि कसैले त्यस्ता आधारहिन कुराहरु गरेको पाउनुभएमा झरना मिडिया हाउसलाई सिधा सम्पर्क गरेर जानकारी गराउँन समेत हार्दिक अनुरोध गर्दछौं ।
झरना मिडिया हाउस प्रा.लि
Comments