•  १३ फाल्गुन २०८२, बुधबार

सभामुख र दलहरुबीच संसद् पुनर्स्थापनाबारे छलफल

- आश्विन २९, २०८२ मा प्रकाशित


काठमाडौं – विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनकाबारे दलहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले आज विहान ९ बजेदेखि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

बैठकमा प्रमुख दलका तत्कालीन प्रमुख सचेतकहरू एमालेबाट महेश बर्तौला, कांग्रेसबाट श्याम घिमिरे, राप्रपाबाट ज्ञानेन्द्र शाही, माओवादीबाट हितराज पाण्डेलगायत सहभागी रहेका छन् ।

संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन् । बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरुसँग राय माग्ने बताइएको छ ।

Comments
[gs-fb-comments]

सम्बन्धित खबर