गीत : परदेशमा…
- असार २७, २०८२ मा प्रकाशित
नारायण नेपाल –
गाउँ शहरका कुरा जब सुन्छु परदेशमा,
ज्यानको कसम घर सम्झेर रुन्छु परदेशमा ।
बिरन्तरी ठाउँँमा आफ्नो ढुक्ढुकी नचाउँदा,
झस्किन्छु म दिलको माया चुम्न नपाउँदा ।
बिनाजलको माछाजस्तो हुन्छु परदेशमा,
ज्यानको कसम घर सम्झेर रुन्छु परदेशमा ।
साहुको रिन एकातिर, अर्कोतिर खर्च,
पसिनाको घुट्को लाउँदै काम गर्नुपर्छ ।
आँशुभित्र पनि खुशी बुन्छु परदेशमा,
ज्यानको कसम घर सम्झेर रुन्छु परदेशमा ।
हे भगवान, प्वाल नपरोस् जिन्दगीको नाउमा,
परिश्रमको मलम लाउँछु नियतिको घाउमा ।
सम्हालिँदै देब्रे छाती छुन्छु परदेशमा
ज्यानको कसम घर सम्झेर रुन्छु परदेशमा !
(गीतकार नारायण नेपाल चर्चित लेखक तथा साहित्यकार हुनुहुन्छ ।)
ट्रेन्डिङ
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
-
भाद्र ३१, २०८३बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा (भिडियो सहित)
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments