आज प्रतिनिधिसभा बैठक बस्दै,प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
- असार २२, २०८२ मा प्रकाशित

काठमाडौं-प्रतिनिधिसभा बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् ।
नेकपा एमाले संसदीय दलले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर यही असार २० गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहेको छ ।
Comments