त्रिकोनको संचालन अनुमतिमा बज्रको ११ कक्षामा भर्ना अभियान : त्रिकोनले नै गरेको बस्नेतको जिकिर
- असार १९, २०८२ मा प्रकाशित
आदरणीय पाठक वर्ग हामिले केहि दिन अगाडि त्रिकोन स्कुल र बज्र कलेजको गैरकानुनी चलाखी एउटाको दर्ता अर्कोमा संचालन भन्ने शिर्षकमा समाचार तयार पारेका थियौं । उक्त समाचार पछि यस विषयले स्थानीय तहको समेत ध्यानाकर्षक भएको महसुस हामिले गरेका छौं । थप विषय समेटेर समाचार तयार पारेका छौं ।
जोरपाटी – गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडामा संचालनमा रहेको त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको ११ कक्षा र १२ कक्षाको संचालन अनुमति लिएर बज्र इन्टरनेशनल कलेजले शैक्षिक गतिविधि संचालन गरिरहेको पाइएको छ । उसले बज्र इन्टरनेशनल कलेज भने गोकर्णेश्वर नगरपालिकाको ६ नम्बर वडामा रहने गरि त्रिभुवन विश्व विद्यालयबाट स्नातक तह सम्मको कक्षा संचालन अनुमति लिएर संचालनमा आएको कलेज हो ।
त्रिकोन पब्लिक सेकेण्डरी स्कुलले तीन वर्ष सम्म ११ र १२ को कक्षा गोकर्णेश्वर नगरपालिकाकै ५ नम्बर वडामा संचालन गरिरहेको थियो । पछिल्लो २ वर्षयता उसले ६ नम्बर वडामा रहेको बज्र इन्टरनेशनलमा ११ र १२ को कक्षा संचालन गरिरहेको त्रिकोन पब्लिक सेकेण्डरी स्कुलका संचालक प्रिन्सिपल जित बहादुर बस्नेतले बताएका छन् । सामान्यतया एउटा वडामा संचालनमा रहेको विद्यालयले अर्को फरक वडामा विद्यालय संचालन गर्न मिल्दैन । त्यसरी संचालन गरेको पाइए उक्त विद्यालयलाई कानुनी कारबाहि हुने प्रावधान रहेको छ ।
एस ईई को नतिजा प्रकाशन भएसँगै बज्र इन्टरनेशनल कलेजले त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको नामबाट ११ कक्षामा बिज्ञान , व्यवस्थापन , मानविकी र कानुन संकायमा नयाँ भर्ना संचालन गरिरहेको छ । जुन विषय कानुन विपरित हो ।

यस वारेमा बज्र इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख जगन्नाथ बिष्टले ११ र १२ कक्षाको संचालन त्रिकोन बाटै अनुमति लिएर संचालन गर्ने गरेको बताएका छन् । उता त्रिकोनका प्रिन्सिपल बस्नेतले बज्र कलेजले नभइ त्रिकोनले नै नयाँ भर्ना संचालन गरेको बताएका छन् ।

बज्र इन्टरनेशनल कलेजले कक्षा ११ र १२ संचालन अनुमति नै नभएको तथा ठेगाना नै फरक रहेर संचालनमा रहेको भएपनि अर्को विद्यालयको अनुमति लिएर ११ र १२ कक्षा संचालन गरेर कानुनको धज्जी उडाइरहेको छ । त्यस्तै त्रिकोन पब्लिक सेकेण्डरी स्कुल आफ्नो गैरकानुनी चलाखी देखाइरहेको छ ।
यस विषमा प्रश्न उठेपछि गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्काले त्रिकोन पब्लिक सेकेण्डरी स्कुलका संचालक बस्नेतलाई नगर शिक्षामा बोलाएर गैरकानुनी रुपमा कक्षा संचालन गर्न नपाइने जानकारी गराएको बुझिएको छ । स्थान फरक पारेर कक्षा संचालन गर्ने गरि नयाँ भर्ना संचालन गरेको भन्दै शिक्षा शाखाले कारबाही गर्ने गरि प्रक्रिया चलाएको शाखा प्रमुख वीर बहादुर खड्काले बताउनु भएको छ ।
उता त्रिकोन पब्लिक सेकेण्डरी स्कुलका संचालक बस्नेतले टेलिफोन सम्पर्कमा धेरै विद्यालयले त्यसरी कक्षा संचालन गरिरहेको र आफुले पनि गर्ने गरेको खुलासा गरेका छन् । उनले अरुले एउटै वडामा कक्षा संचालन गर्ने गरे आफुले पनि त्यसै गर्ने जवाफ दिएका छन् ।
बज्र इन्टरनेशनल कलेजको आफ्नो छुट्टै माध्यामिक तहको विद्यालय छैन । उसले ११ र १२ कक्षा संचालन गर्न पाउँदैन । बज्रले ११ र १२ कक्षा संचालन गर्दा आफ्नो छुट्टै सेकेण्डरी तह सम्मको विद्यालय संचालन अनुमति लिनुपर्ने हुन्छ । उसले आफ्नो सेकेण्डरी तहको विद्यालय नभएको अवस्थामा समेत ठेगाना फरक भएर संचालनमा रहेको त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको अनुमति लिएर ६ नन्बर वडामा ११ र १२ कक्षा संचालन गर्नु गैरकानुनी हो । बज्र इन्टरनेशनल कलेजले ११ कक्षामा नयाँ भर्ना संचालन गरेको दृश्य

ट्रेन्डिङ
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
-
भाद्र ३१, २०८३बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा (भिडियो सहित)
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments