सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता, संसद सन्चालनको विषयमा छलफल
- असार ३, २०८२ मा प्रकाशित
काठमाडौं – सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सन्चालनको वातावरण बनाउने विषयमा छलफल भएको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
यही छलफलका कारण आज दिउँसो एक बजे बस्ने भनिएको संसद बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले संसदमा नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ ।
तर सभामुखले बैठक सन्चालन गरेको भन्दै उनको आलोचना पनि भएको छ ।
नेकपा माओवादी केन्द्रले पनि सुरुमा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसदमा विरोध जनाएको थियो ।
तर पछि भिजिट भिसाको नाममा हुने अनियमिताको विषयमा छानविन गर्न एक महिनाभित्र समिति बनाउने सहमतिसँगै अवरोध हटाउन तयार भएको थियो ।
गृहमन्त्री लेखकसँगको भेटलगत्तै सभामुख घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल गरेका छन् ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments