उपेन्द्र यादव पक्षले पाए जसपाको आधिकारिकता

  • झरना खबर
  • २०७८ श्रावण ११ गते १७:५३ बजे प्रकाशित

काठमाडौँ : जनता समाजवादी पार्टी जसपा को अध्यक्ष उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ  ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादवलाई आधिकारिकता दिएको हो ।

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।

सम्बन्धित समाचारहरू

Comments