सोमबार सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल

  • झरना खबर
  • २०७८ श्रावण ११ गते १६:५४ बजे प्रकाशित

काठमाडौँ : सोमबार सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको छलफल सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो ।

भेटमा उनीहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दि‍ए ।

सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका छन् । 

सम्बन्धित समाचारहरू

Comments