एमाले उपाध्यक्ष भीम रावलले लिए राजीनामा पत्र फिर्ता

  • झरना खबर
  • २०७८ श्रावण ८ गते १३:३३ बजे प्रकाशित

काठमाडौँ : नेकपा एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन्। उनले गत शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन्।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आफ्नै समूहभित्र विवाद हुँदा रावलले आवेशमा आएर राजीनामा बुझाएका थिए। तर पार्टीभित्रबाट चर्को दबाब परेपछि उनले राजीनामा पत्र फिर्ता लिएका हुन्।

एमाले नेता रावलको राजीनामा फिर्ता हुनुपर्ने भन्दै सुदूरपश्चिमबाट प्रदेशसभाका १२ जना सांसदसहित नेताहरु  समेत काठमाडौँ आएका थिए।

रावलले आज हुने संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचारहरू

Comments