एमालेका दुवै समूहका सांसदहरु बिच पार्टी एकता अभियान शुरु

  • झरना खबर
  • २०७८ श्रावण ७ गते १८:१२ बजे प्रकाशित

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी एकता अभियान शुरु गरेका छन् । सिंहदरबारमा बसेको अध्यक्ष ओली र नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एकता दबाब अभियान शुरु गरेका हुन् ।

विभाजन रोक्नका लागि संयुक्त अभियान चलाउन दुवै समूहका सांसदहरू सहमत भएका छन् । यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा। सूर्य पाठक, लालप्रसाद साँवा ९एलपी०, राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् ।
नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा। दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् । ‘सुनुवारले भने ‘एकता जोगाउन शुरु भएको यो अभियानलाई सशक्त बनाउँछौं । एकता दबाब अभियानमा साथ दिन संयुक्त अपील गर्दैछौं ।’

सुनुवारका अनुसार यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने छ ।

सम्बन्धित समाचारहरू

Comments