इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते

  • झरना खबर
  • २०७८ श्रावण ७ गते १७:५८ बजे प्रकाशित

एजेन्सी : इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी तीव्र बनाइएको र ८३ जनालाई भने सकुशल उद्धार गरेको उनीहरुले बताएका छन् । बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन् । 

खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन् । इन्डोनेसियामा सामुद्रीक आँधी बेलाबेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ ।

सम्बन्धित समाचारहरू

Comments